पुजन धिताल :- काभ्रे / काभ्रेको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । शुक्रबार राति एक सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरु आक्रोशित भएर अस्पतालमा तोडफोड गरेर शव बुझ्न मानेका थिएनन्।
अस्पतालमा बच्चा जन्माईसकेपछि पाठेघरको समेत अपरेशन गरेपछि अत्याधिक रक्त श्राप भएपछी बनेपा-३ निवासी ईश्वरी सुन्दासको मृत्यु भएको थियो। साउन ९ गतेका सुत्केरी गराउन शिरमेमोरियल अस्पतालमा इश्वरीलाई भर्ना गरिएको थियो । सोही दिउँसो ईश्वरीले बच्च पाइसकेपछि रगत जस्तो तरल पदार्थ बग्न नरोकिए पछि अस्पतालमा उहाँको पाठेघरको शल्यक्रिया गरेको जनाएको छ।
शल्यक्रिया पश्चात ईश्वरीलाई राति ११:५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । डाक्टरका लापारवाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाउँदै आक्रोशित भइ तोडफोडमा उत्रेपछि स्थिति तनाब पूर्ण नै थियो। प्रहरीका अनुसार पीडित आफन्तहरुले इलाका प्रहरी कार्यलय बनेपमा उपचारमा संलग्न डक्टरलाई कारबाहीको माग गर्दै जाहेरी दीई सकेका थिए। अस्पताल प्रशासन र मृतकका आफन्तहरुबीच निरन्तर छलफल चलिरहेको थियो तर सहमति भने आज मात्र जुटेको हो।
शव बुझ्नु अघि डक्टरलाई कारवाहीको माग गरीरहेका मृतकका आफ़न्तले सोमबार जनप्रतिनिधि सहितको रोहबरमा ५ बुदे सहमति संगै शव बुझेका छन्। शव बुझनका लागी मृतकका श्रीमान् विदेशबाट आएर पुन : वार्ता पछि मात्र सहमतिमा पुगेर शव बुझिएको हो।
५ बुदे सहमतिमा पिडित सुन्दासका उपचार शुल्क तथा उनले जन्म दिएको बच्चाको समेत हाल एन आई सी युमा उपचार हुदै गरेको शुल्क अस्पतालले नलिने , उपचाररार्थ छोरालाई २२ वर्ष हुदा सम्म सबै खाले उपचारको शुल्क अस्पतालले नलिने , मृतक इश्वरीका श्रीमानले सिफारीस गरेको एक व्यक्तिलाई अस्पतामा रोजगारीको अवसर प्रदान गर्न ,तथा स्थानिय शैक्षिक सस्थामा ईस्वरीका दुवै सन्तानको लागी स्थानिय तह र अस्पतालले छुटका लागी सिफारीस गर्ने र शव मृतकका परिवारले आजै बुझने सहमति भएको हो। सहमति पछि पिडित पक्षले ईस्वरीको शवलाई पोस्टमार्टमको लागी धुलिखेल अस्पताल पठाएको छन्। पोस्टमार्टम पछि अन्तिम दहासस्कार गर्ने परिवारको तयारी छ।