काठमाडौं । विसं २०७२ को भूकम्पबाट पूर्णरूपमा भत्किएको ९ तल्ले धरहरा सोही परिसरमा अर्को २५ तल्ला (भूईंतलासहित) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
धरहरा निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको र आगामी असोज तेस्रो सातासम्म निर्माणको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।
मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
विद्युतीय उपकरण जडान अन्तर्गत समेत केबुल बिच्छ्याउने काम सकिएको र अब बल्ब (चिम) जडान गरी फिटिङ गर्न बाँकी रहेको सहरी विकास मन्त्रालय भवन विभागका इन्जिनियर गोपाल भट्टराईले जानकारी दिए ।
अहिले रङ्रोगन गर्ने, बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेको छ ।
२०७२ को भूकम्पबाट भत्किएको धरहरा पुनर्निर्माण शिलान्यास तीन वर्षपछि १२ पुस २०७५ मा भएको थियो ।