काभ्रे :- नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुद क्षेत्रको विकासको लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताएका छन् । बुधबार, काभ्रेको बनेपामा आयोजित नेपाल तेक्वान्दो महासंघ(आइटिएफ)को २७ औं वार्षिक उत्सव एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले खेलकुद क्षेत्रमा पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताएका हुन् ।
भैतिक पुर्वाधारको विकास खेलकुद विकासको प्रमुख आधार हो । त्यो विना खेलकुद विकास सम्भब नभएको बताउनु भयो । सम्बोधनकै चरममा सबै प्रदेशमा इन्फा स्टाचर बनाउनु पर्छ ।हाम्रो सरकाले जति प्राथमिकता राख्नु पर्ने हो त्यो राख्न सकेको छैन । अन्तर्राष्ट्रिय जतगमा देशलाई चिनाउन सक्ने माध्यम नै खेलकुद नै भैरहेको छ । खेल छेत्रमा भएको ब्यथिती र अन्य छेत्रको विकास गरि १२ महिनामै टुनामेन्ट गराउने बाताबरण बनाउनु आवस्यक रहेको समेत गुरुङको तर्क थियो।
खेलकुद क्षेत्रको विकासका लागि सरकारले कम प्राथमिकतामा राखेको मन्त्री गुरुङको भनाई थियो । खेलकुद क्षेत्रमा दक्ष जनशक्तिको पनि अभाव रहेको बताउ“दै उनले भने, ‘खेलकुद क्षेत्रमा भएको बेथिती र राजनितीकरणको अन्त्य गर्नुपर्छ ।’ खेलकुदले नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाउने भएकाले खेलकुदको विकासमा भौतिक पूर्वाधार, आर्थिक, पर्यटन लगायत सबै क्षेत्र जोडिनु आवश्यक रहेको उनको भनाई थियो । हामी सबै मिलेर नेपाल बनाउने र खेलकुद क्षेत्र बनाउने तर्क गर्दै आयोजकलाई धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो महासंघ(आइटिएफ)का अध्यक्ष प्रविण कुमार कार्कीले महासंघले खेलकुदस“गै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गर्दै आएको बताए । उनका अनुसार, खेलकुदको क्षेत्रमा पूर्वाधार विकास गर्न आवश्यक रहेको र यस विषयप्रति सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।
कार्यक्रममा नेपाल तेक्वान्दो महासंघ(आइटिएफ)को २७ औं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट खेलाडी पुरुषतर्फ रुकसन वाइवा, उत्कृष्ट खेलाडी महिलातर्फ सुस्मिता थापा, उत्कृष्ट प्रशिक्षक कृष्ण थापा, उदयमान खेलाडी सजिना तामाङ, उदयमान प्रशिक्षक मनोज पुलामी, उत्कृष्ट प्रदेशमा लुम्बिनी प्रदेश, उत्कृष्ट जिल्ला संघमा काठमाडौं जिल्ला संघलाई सम्मान गरिएको थियो । उनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले खादा र सम्मानपत्र सहित सम्मान गरेका थिए ।
कार्यक्रममा तेकवान्दोका सघका पदाधिकारी तथा खेलाडी र प्रशिक्षकको समेत बाक्लो उपस्थिति रहेको थियो। यो संगै सघले स्थापना दिवसको अवसरमा अन्य सामाजिक कार्य समेत गर्दै आएको जानकारी दिएका थिए।