सबैको समाचार
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • टी आर सी फेरी पनि सता बार्केनिंङ्ग मुद्धा हुन् सक्छ :- डा बाबुराम भट्टराई ,

टी आर सी फेरी पनि सता बार्केनिंङ्ग मुद्धा हुन् सक्छ :- डा बाबुराम भट्टराई ,

अहिलेको सरकारले खास काम गर्नेमा विस्वस्त छैन :- पुर्व प्रधानमन्त्रि भट्टराई

170
Shares
टी आर सी फेरी पनि सता बार्केनिंङ्ग मुद्धा हुन् सक्छ :- डा बाबुराम भट्टराई ,

पुजन धिताल / काभ्रे :- पुर्व प्रधानमन्त्री एवं नेपाल समाजबादी पार्टीका अधक्क्ष समेत रहेका पुर्व प्रधानमन्त्रि डा बाबुराम भट्टराईले संक्रमण कालिन न्याय सम्बन्धि विध्येयकमा जुन सहमति भयो भनिएको छ। यो पुन रोकिएर फेरी सता बार्केनिङ्गको अदृस्य हतियार हुने सम्भाबना रहेको बताउनु भएको छ। संगै उहाले अहिलेको सतागठबन्धन म्युजिकल जियरको जस्तै भएको टिपण्णी गर्नु भएको हो।

जिल्लाको धुलिखेल नगरपालिका वडा न १० मा आयोजित बृक्षरोपण कार्यक्रममा सहभागी हुन धुलिखेल पुगेको पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संगक्रमण कालिन न्याय सम्बन्धि विधेयकमा भएको सहमतिलाई सत्त्ता टिकाउने दाउ र बारकेनिंङ्गको हतियार हुने खतरा अझै कायम रहेको भएको बताउनु भएको छ।

बृक्षरोपण कार्यक्रम पछि संचारकर्मी संङ्गको कुराकानीमा पुर्व प्रधानमन्त्री भट्टराईले आफु प्रधानमंत्री हुदाका बखतनै यो न्याय सम्बन्धि कार्य टुंगोमा पुर्याउनका लागी शान्ति सम्झौता जति बेला गर्यौ त्यसको ६ महिना भित्र नै यो प्रक्रिया टु ङ्गगाउनॆ थ्यो। जति बेला पनि गर्ने अनि नया गरेउ भन्ने परिपाटीले यस्तो भएको र मुख्य तह भन्छु प्रमुख दलका शिर्षनेता सता स्वार्थका कारणले गर्दा तेती बेला देखि अडकिएको अड्केई भयो। म प्रधानमन्त्रि भएको बेला सर्त नै के राखेको भने २०६३ साल फाल्गुनमा जब निर्वाचित म निर्वाचित प्रधानमन्त्री हटाएर जुन न्यायधिसलाई सबिधान र कानुन विपरित प्रधानमन्त्रि बनाईएको थ्यो। त्यो बखत मैले ३ काम गर्ने मध्येका सेना सम्यायोजन देखि अन्य काम भएता पनि यो शान्ति प्रकियाको लागु यो जुन कानुन हो आयोग गठन सम्बन्धि कानुन मैले बनेर नै छाड्छु यो अडान लिए पछि मेरो मन्त्रि परिषदको अन्तिम निर्णय २०७९-११-२९ गते अध्यादेश ल्याएको स्मरण गर्दै। अध्यादेश जारी गरेर सुरुवात गरियो तर १२ वर्ष भयो अझै सत्ता फेरबादलमा नै उहाहरुले गर्न नसकेको आरोप लगाउनु भयो। र बल्ल अहिले जुन गर्नु भएको तेस्मा खुशी रहेको बताउनु भयो। मेरो पालामा जारी भएको अध्यादेशकै जगमा रहेर अहिले यो कार्य भएको समेत बताउनु भयो। त्यसैले ” ब्रेक थ्रु अहिले हैन तेती बेलामै थ्यो ” । उहाहरुको सट्टा लुछा चुडिले रोकेर राख्नु भाको थ्यो । संगै उहाल्ले अहिले भएको सहमतिमै पनि सङ्गकाको नजरले हेरेको झैँ अभिव्यक्ति दिनु भएको छ।

उहाले भनु भयो ” अहिले के के कारणले अगाडी बढाउनु भएको छ म खुशी छु तर पनि के हो भने खतरा चै के छ भने बाहिर देखाउन मिल जस्तो गर्ने अनि फेरी सताको बार्केनिंङ्ग बनाएर पुरा नगर्ने खतरा छ ” उहाले अब जनता सबैमिलेर्र खबरदारी गरीराख्नु पर्ने समेत भटराईले तर्क बय्क्त गर्नु भयो।
संगै हरेक साल नेपालको माटो मुक्षयकको कारण बग्दै गएको कारण यसको सम्रक्षण सबैले कार्य गर्नु पर्ने उहाले बताउनु भएको थियो।

संगै अहिलेको सता गठबन्धन म्युजिकल चियर जस्तै भएको बताउनु भएको छ। भने उहाले अहिले तिन दलका जुन तिन नेताहरु हुनुहुन्छ उहाहरुलाई पालै पालो एक जना ३ पटक अन्यको पनि पटक पटक छ। ६ पटक हुनु भयो सात पटक हुने योग छ भन्ने सुनेको र यसको खासै परिणाम आउनेमा आफ़िलाई विस्वास नरहेको भटराईले बताउनु भयो।

धुपी , एबोकाडो लगाएतको विरुपा रोपदै स्थानिय संगै स्थानिय उत्पादन हरियो मक्कै र मही स्थानियकै विचमा भट्टराईले समेत खानु भएको थियो।

कार्यक्रममा पुर्व प्रधानमन्त्री भट्टराईलाई स्वागत गर्दै धुलिखेल वडा न १० का वडा अधक्क्ष गोविन्द भण्डारीले उहाकै कार्यकालका राम्रा कार्यको थालनी भएको स्मरण गर्दै जमिन र मानबजीवन को अस्तित्व बचाउनकै लागी यस्ता कार्यक्रमको अत्यन्तै महत्व रहेको बताउनु भयो। संगै भुक्षय रोक्न सकेमा मात्र मानब जीवन बचाउन सकिने भएकाले अब बोट विरुवा सम्रक्षणगर्नका लागी समेत सबै जना एक जित भएर लाग्न्न अपिल गर्नु भएको थियो।

भट्टराईकै पार्टीको जिल्ला समन्वय समिति र धुलिखेल वडा न १० का युवा क्लब र वडा कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा वडा अधक्क्ष गोविन्द भण्डारी , युवा क्लबको अधक्क्ष , नेसपाका पार्टी प्रतिनिधि तथा स्थानिय युवाको उपस्थिति रहेको थियॊ।

170
Shares

ट्रेन्डिङ