काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगु रोकथामका लागि काठमाडौं उपत्यकाका मेयरहरुको बैठक बोलाएका छन् ।
साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको विज्ञहरुको भनाई उद्दृद्ध गर्दै उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुरमा डेंगु संक्रमणका घटना वृद्धि भएर महामारीको रुप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न भन्दै मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको फोरमलाई बोलाएका हुन् ।
उनले सरसफाईको कमीका कारण संक्रमण फैलने देखिएको भन्दै मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ गर्न लागेको बताए ।
कार्यक्रममा सहभागी काठमाडौं, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी दिए ।