सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • फिलिपिन्स आगलागीमा करिब एक सय तीस घाइते

फिलिपिन्स आगलागीमा करिब एक सय तीस घाइते

3975
Shares
फिलिपिन्स आगलागीमा करिब एक सय तीस घाइते

फिलिपिन्सको एक निर्माण सामग्री उत्पादन गर्ने उद्योगमा बिहीबार आगालागी हुँदा कम्तिमा १३० जना घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन् ।
फिलिपिनी कामाइट प्रान्तका गभर्नर जेसस क्रिस्पिन रेमुल्ला बुधबार साँझ ५ बजे उक्त जापानी कम्पनीमा आगालागी सुरु भएकामा दुई जापानी कर्मचारीसहित १२६ जना जलेर घाइते भएका बताउनुभयो । घाइतेमध्ये चार जना गम्भीर रहेको उहाँले बताउनुभयो ।
यसैगरी आगलागीपछि दुई जना सम्पर्कमा नआएका पनि बताइएको छ । उहाँका अनुसार कम्पनीमा करिब छ हजार कामदार कार्यरत रहेका थिए । तर रात्रि सेवामा कति कामदार उद्योगमा थिए भन्ने अझै प्रष्ट भइनसकेको उहाँले बताउनुभयो । उक्त कम्पनीको भुँइ तल्लाबाट आगो सुरु भएकाले धेरै कामदार भाग्ने क्रममा सख्त घाइते बनेका थिए । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइसकिएको छ ।
आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी, सेना र दमकल अनवरत रुपमा काम गरिरहे पनि बिहीबार बिहानसम्म आगो पूर्णरुपमा निभेको छैन । रासस/सिन्ह्वा

3975
Shares

ट्रेन्डिङ