सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • नवविवाहित युवतीको शंकास्पद मृत्यु : दाइजोको निहुमा हत्या गरेको दाबी

नवविवाहित युवतीको शंकास्पद मृत्यु : दाइजोको निहुमा हत्या गरेको दाबी

910
Shares
नवविवाहित युवतीको शंकास्पद मृत्यु : दाइजोको निहुमा हत्या गरेको दाबी

महोत्तरी ।  महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलमा एक नवविवाहित युवतीको शंकास्पद मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० वर्षीया रिना देवी राय रहेकी छिन् । रिनाको मंगबार मध्य राति १ बजे मृत्यु भएको हो ।

घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । माइत पक्षले भने दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । 

प्रहरीका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन् ।

छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ ।

ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको हो ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

910
Shares

ट्रेन्डिङ