सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आगोलागीबाट एक चाउमिन र सस बनाउने उद्योग जलेर नस्ट

आगोलागीबाट एक चाउमिन र सस बनाउने उद्योग जलेर नस्ट

435
Shares
आगोलागीबाट एक चाउमिन र सस बनाउने उद्योग जलेर नस्ट

काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न २ रबिओपि ,थिङ गाउँमा सन्चालित एक उधोगमा आगलागी भएको छ ।

आज विहान ०५:३० बजे धुलिखेल नगरपालिका वडा – २ रवी-थिङ्ग गाउँमा दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा न १ घर भई सोही स्थानमा चाउमिन र सस बनाउने कारखाना सन्चालन गर्दै आएका शम्भु कार्कीको फलामको ट्रस्ट र जस्ताले बनेको टहरामा आलोलागी भएको हो ।

आगलागी बाट बनाएर राखेको सस, चाउमिन, सस र चाउमिन बनाउन प्रयोग हुने कच्चा पदार्थ, सस, चाउमिन बनाउँने मेसिन १९ थाना, उक्त कारखाना भित्र पार्किङ गरी राखेको बा ३९ प १७९७ नम्बरको मोटर साईकल र कारखाना समेत जली पुर्ण रुपमा नष्ट भएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कु श्रेष्ठले जानकारी दिनु भयो ।

गए राती साझ १० बज्जे बन्द गरेको कारखाना एकै पटक विहान हेर्दा जलिरहेको अवस्थामा देखिएकाले आकोलागीको कारण खुल्न बाकी रहेको काभ्रे प्रहरीले जनाएको छ । आगलागी बाट अन्य थप क्षेती नभएता पनि पुर्ण क्षेतीको बिबरण आउन बाकी रहेको छ ।

435
Shares

ट्रेन्डिङ