काभ्रे :- जिल्लाको काभ्रेपलाञ्चोक जिल्ला स्थित बेथानचोक गाउ“पालिका वडा नं १, हात्तीढुंगामा आगोलागीबाट गाईगोठ जलेर नष्ट भएको छ ।
बेथानचोक गाउपालिका वडा नं -१ हात्तीढुंगाका गोविन्द घिमिरेको गाईगोठमा आगोलागी भएको बेथानचोक गाउ“पालिका वडा नं १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनु भएको हो ।
खुवा बनाउने पसलबाट सल्किएको आगो संगै जोडिएको गाईगोठमासमेत लागेर गोठमा रहेको गाई १ वटा, गाईको बाच्छो १ वटा, भैंसीको पाडी १ वटा जलेर मृत्यु भएको हो । , गोठमा रहेका अन्य पशुचौपायलाई भने जिवित नै उद्धार गरिएको थियो ।
आगोलागीमा गाईगोठ र पसलमा रहेका भाडा –कुडा“, खाद्यन्न सामाग्री, लत्ताकपडा लगायत गरी करिब ९ लाख ४५ हजार रुपैंया बराबरको क्षति भएको । बिहान २ बजेबाट सुरु भएको आगोलागी स्थानीयहरुको सहयोगमा बिहान ५ः४५ बजे नियन्त्रणमा आएको थियो । आगोलागीबाट पिडीत परिवारलाई रहात विवरण गर्न गाउपालिकाको टोलि समेत जादै गरेको गाउपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनु भयो।