सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आज तिजको पहिलो दिन दर खाएर मनाईँदै

आज तिजको पहिलो दिन दर खाएर मनाईँदै

510
Shares
आज तिजको पहिलो दिन दर खाएर मनाईँदै

काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ ।

दरखाने दिनसँगै चार दिने तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ ।

दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडिलाेका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

आज दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भोलि तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सी गणेश भगवानको पूजा र पञ्चमीका दिन १६ गते स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

510
Shares

ट्रेन्डिङ