सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ सम्पन्न

मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ सम्पन्न

1425
Shares
मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ सम्पन्न

काभ्रे । मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ को उपाधी क्रिस्टल मानन्धर र रिजा मानन्धरले पाएका छन् ।

शनिबार, बिआरएम इभेन्ट म्यानेजमेन्ट ग्रुपले बनेपामा आयोजना गरेको मिस्टर एण्ड मिस टिन काभ्रे २०२४ मा मिस्टर टिन क्रिस्टल मानन्धर र मिस टिन रिजा मानन्धर हुन सफल भएका हुन । उनीहरुले ३५ हजार रुपैंया नगद, ट्रपी लगायत थुप्रै पुरस्कारहरु पाएका थिए ।

त्यस्तै, मिस टिन काभ्रेको फस्ट रनर अपमा अञ्जली राई र सेकेण्ड रनर अपमा क्रिस्टिना मानन्धर भएकी छिन् । त्यस्तै, मिस्टर टिन काभ्रेको फस्ट रनर अपमा महेश के।सी, सेकेण्ड रनर अपमा विराज रंजितकार र तर्ड रनर अपमा अदित थापा भएका छन् । उनीहरुले ट्रपी र पुरस्कारहरु प्राप्त गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले विजयीहरुलाई पुरस्कार वितरण गर्दै, यस प्रकारका कार्यक्रमले युवाहरुभित्र रहेको प्रतिभा प्रस्फुटन हुन मद्दत पुग्ने बताए ।

इन्द्र नारायण भैल, राधिका के.सी, सुप्रिम पाण्डे र सितोस्ना के।सी मिस्टर एण्ड मिस टिन काभ्रे २०२४को निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगितामा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका १४ जना प्रतियोगीहरु फाइनल चरणमा सहभागी भएका थिए ।

विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गर्ने उदेश्यले स्थापना भएको बिआरएम इभेन्ट म्यानेजमेन्ट ग्रुपले पहिलो पटक यो कार्यक्रमको आयोजना गरेको हो। आगामी दिनहरुमा पनि अन्य थुप्रै कार्यक्रमहरु आयोजना गर्दै जाने ग्रुपकि संस्थापक मनिषा श्रेष्ठले बताइन।

1425
Shares

ट्रेन्डिङ