सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • निर्वाचन गराउन नसक्ने भन्दै पत्रकार महासंघ अध्यक्ष पोखरेलले दिए राजीनामा

निर्वाचन गराउन नसक्ने भन्दै पत्रकार महासंघ अध्यक्ष पोखरेलले दिए राजीनामा

845
Shares
निर्वाचन गराउन नसक्ने भन्दै पत्रकार महासंघ अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं । विपुल पोखरेलले नेपाल पत्रकार महासंघको अध्यक्ष पदबाट  राजीनामा दिएका छन् ।

पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सोमबार राजीनामा बुझाएका हुन् । उनले महासंघको नयाँ कार्यसमितिका लागि दुईपटक निर्वाचन हुन नसकेपछि तेस्रो मितिमा पनि निर्वाचन सम्पन्न गर्न आफूले नसक्ने बताउँदै राजीनामा दिएका हुन्।

‘सिंगो बैठकले सदस्यताको सूचिप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्व स्वीकार्यता हुने महसुस गरेन,’ पोखरेलले लेखेको राजीनामा पत्रमा भनिएको छ ।

‘दुई पटक तोकिएको समयमा निर्वाचन हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ । यो मितिमा निर्वाचन गराउन आफूले पहलकदमी लिइरहेको भए पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्न बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरूको बैठक चल्दै गर्दा बीचबाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नगर्नु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन’, उनले भनेका छन् ।

उनले आफ्नो मानसिक तनाव र शारिरीक स्वास्थ्य अवस्थासमेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

845
Shares

ट्रेन्डिङ