सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भारतको राष्ट्रपति कार्यालयमा आगलागी

भारतको राष्ट्रपति कार्यालयमा आगलागी

3645
Shares
भारतको राष्ट्रपति कार्यालयमा आगलागी

भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् ।
स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् ।
विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ । बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् । रासस/सिन्ह्वा

3645
Shares

ट्रेन्डिङ