काभ्रे :- जिल्लाको धुलिखेलको आड्डा बजारमा फेला पारिएको अखाध्य बस्तु मिसिएको स्लाईसका २९ हजार बोतललाई खाध्य तथा गुण नियन्त्रणा कार्यालय काभ्रेले नस्ट गरेको छ। आज बनेपा बुडोलमा रहेको गोदामबाट नस्टका लागी पुलबजार स्थित पुण्यमाता खोलामा डिलरले दुवानी गर्ने गाडीमै लगेर नस्ट गरिएको हो।
केहि दिन अघि पाचाखालका प्रभुराज गीरीले खाजा खाने बेला पेय पदार्थ मागे , मागेको पेय पदार्थमा अखाध्य बस्तु भेटीए पछि उनले खाध्य तथा गुण नियन्त्रणा कार्यालयलाई खबर गरे। त्यस पश्चात कार्यालयले वितरण गरिरहेको गाडीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बडाएको थियो।
अखाध्य बस्तु भेटिएको स्लाइस धमाघम डिलर्सले विक्री गरिरहेको अवस्थामै गाडी नियन्त्रण लिएर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी लगायत सरोकारवालाको उपस्थितीमा बनेपा बुडोल स्थित डिलरमा अनुगमन गरिएकोमा गोदामा पनि तेहि प्रकृतिको थुप्रै पेय पदार्थ भेटीएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलका अनुसार आज नै २९ हजार बोटल अर्थात १२ सय क्रेट स्लाइस नष्ट गर्ने तयारी गरिएकोमा आज पनि पुन चेक जाच गरेर नस्ट गरिएको हो।
गोदामबाट निकालिएको स्याम्पलिंङ्गको रिपोर्ट विभागले पत्राचार पछि नस्टको प्रकिया सुरु गरिएको जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलका कार्यालय प्रमुख मनिषा चापागाईले जानकारी दिनु भयो।
आज पुन : खाध्यका कर्मचारी , उधोग बाणिज्य संघका पदाधिकारी तथा प्रहरीको रोहबरमा पुण्यमाता खोलामा नस्ट गरिएको हो। नस्ट पश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलले अध्यनको प्रतिवेदन तयार पछि सरकारी वकिलको राय अनुरुपको डिलर्स र उत्पादक कम्पनिलाई कारर्बाही प्रक्रिया अघि बडाउने कार्यालय प्रमुख चापागाईले जानकारी दिनु भयो।