काभ्रे :- अविरल वर्षा पछि देशकै सबै भन्दा बडी क्षति भएको काभ्रेका विभिन्न क्षेत्रको गृह मन्त्रि रमेश लेखकले अपलोकन गर्दै जिल्ला सुरक्षा समितिको बैठकमा निर्देशन गर्नु भएको छ।
जिल्लाको सबैभन्दा बडी क्षति भएको पनौती नगरपालिका वडा न १२ रोशी खोलाको शिर क्षेत्र र बेथान्चोक गाउपालिकाको सबैभन्दा प्रभावित क्षेत्र वडा न ४ चालाल गणेश स्थानमा समेत अवालोकन पस्चात् जिल्ला समन्वय समितिको सभा हलमा भएको सुरक्षा समितिको बैठकमा विपदमा परेर मृत्यु भएका परिवारलाई नेपाल सरकारले प्रदान गर्ने २ लाख रुपैया प्रदान गर्न रकम निकासा भैसकेकोले तेस्मा कुनै समास्या भएमा प्रजीअले वितरण गर्ने बताउनु भएको छ।
पूर्ण रुपले क्षति भएको घर स्थानिय तहले पहिचान गरेर केन्द्र सरकारलाई पठाएको ३ दिन भित्र पैसा पिडित जनताको हातमा पार्ने गरी कार्य गर्न नेपाल सरकार तयार रहेको बताउनु भयो। स्थानिय तहले पूर्ण रुपमा क्षेति भएको घरको विवरण पठाईदिन आग्रह समेत गर्नु भयो ।
पूर्ण रुपमा क्षेति भएको घर छ भने ३ दिन भित्र तत्काल अस्थाई संरचना निर्माणका लागी रकम २५ हजार रकम दिईन्छ। र राहातका लागी र खाध्यानका लागी ५ जना सम्म परिवार भएकाका लागी १५ हजार सम्म र त्यो भन्दा बडी भएको परिवारलाई २० हजार प्रदान गरिने र सो कार्य पालिका ले गर्नु पर्ने बताउनु भयो l
पालिकाले गर्ने काम पालिकाले र प्रदेश गर्ने कार्य प्रदेश र केन्द्रले गर्ने कार्य केन्द्रले गर्ने काम गर्नु पर्ने समेत बताउनु भयो। सुरक्षा समितिको बैठकमा बहेको सबै खाले मनन योग्य सुझाबलाई मनन गरिने र कार्यन्वयनमा समेत लैजाने आस्वासन ब्यक्त गर्नु भयो। छलफलमा काभ्रेको केहि पालिका लाई मात्र सङ्गकट ग्रस्त घोषणा गरिएको र सो अन्य पालिका]लाई नराखेकोमा आपति जनाएका थिए। सोहिलाई सम्बोधन गर्दै मन्त्रि लेखकले केहि पालिका थप गर्नु पर्ने माग र अझ केहि पालिकाको वडा लाई मात्र गर्दा हुनेमा प्रजिअ लाई सिफारिस गर्न निर्देशन समेत दिनु भएको छ।
गृहमन्त्रि लेखकले आज रोशी १२ , वेथानचोक गाउपालिका वडा न ४ लगाएतको क्षेत्र अबलोकन गर्नुका साथै पिडितका समस्या समेत बुझ्नु भएको थियो।