काभ्रे :- जिल्लाको धेरै क्षेति भएको पालिका मध्ये बेथान्चोक पनि हो। बेथानचोक गाउपालिमा मात्र अहिले सम्म १२ जनाले ज्यान गुमाईसकेको पालिकाको आंशिक क्षेति विवरणमा उल्लेख छ। पालिकाको सबै भन्दा धेरै वडा न २,३ , ४ र ५ मा क्षेति भएको छ। भने सबै वडा बाडी र पहिरो बाट प्रभावित बनेका छन्।
अबिरल बर्षा पछिको बाडी र पहिरोले क्षेति पुर्याएको ३ साता पुग्ने लाग्दा अझै पनि नागरिकले सामान्य राहत बाहेक केहि पाउन सकेका छैन्नन। गत साउनमा मात्र नयाँ आफ्नै भवनबाट सेवा सुचारु गरेको बेथान्चोक गाउपालिका एक तल्ला सम्म बाडीको डुबानमा परेको थियो। पालिकाका अधिकांश कागजपत्र र सामाग्री काम नलाग्ने अवस्थामा छन्। अहिले पालिकाकै छतबाट अस्थाई सेवा सुरु गरे पनि पालिका नै पुरानो अवस्थामा फर्कन समय लाग्ने देखिन्छ।
पालिकाभएका ६ सय ५० भन्दा बडी कच्ची तथा पक्कि घर पूर्ण क्षेति भएका छन्। भने २ तल्ले घर नै सलन्दु खोलाले बगाएको वडा न ४ कि दिपिका खड्का सामान्य राहत बाहेक केहि नपाएको बताउछिन। २ तल्ले पक्कि घर पूर्ण क्षेति भएकि दिपिकाले घरमा बहेको कुनै सामाग्री निकाल्न सकेकी छैन्नन। उनि अहिले भत्किएको घरबाट समान निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्दै छिन।
दिपिकाकै घर नजिकै रहेको कालिका माध्यमिक विद्यालयको पक्कि ३ कोठे भवन समेत बाडीले बगायो भने विद्यालयको शौचालय समेत बगाएकॊ छ। अहिले चाडबाडको छुटी रहेता पनि छुटीपछि विधालय संचालनका लागी विद्यालयका विद्यार्थीहरुको अवस्था बुझ्दै ,अस्थाई शौचालय बनाएर छुटी पछि विद्यालय चलाउन प्रतिबद्ध रहेको विद्यालयका साहायक प्रधानअध्यापक बेद प्र बजगाईले बताउनु भयों।
पालिकाभरका कालिका माध्यमिक विद्यालय पूर्ण क्षेति भए पनि २२ विद्यालयमा आंशिक क्षेति पुगेको छ। भने स्वास्थ्य सस्था १ पूर्ण क्षेतिमा छ भने ५ वटामा आंशिक क्षेति भएको पालिकाको आंशिक क्षेति विवरणमा उल्लेख छ।
पालिका भरका पक्कि सडक ५ किमि पूर्ण क्षेति भएको छ भने कच्ची सडक ५५० किमि भन्दा माथि क्षेति भएको छ। पालिकाले उद्दार र राहतका कार्य पछि सडक संजाल जोड्ने र विधुत र खानेपानीका कार्य गर्नुका साथै एकिन तथ्याङ्ग संगकलन समेत थालेको छ। पालिकाको भवन वडा न २ हुदै बग्ने पाटने खोलामा आएको बाडिले गर्दा १ तल्ला डुबानमा पर्यो। भने पालिकाका सर समान सामान्य एउटा ल्यापटप बाहेक केहि काम गर्न नसक्ने गरी डुबेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनु भयो।
पालिकाले राहत र पुन: स्थापनाका कार्य गरेको बताएपनि वडा न ४ निवासी विशाल श्रेष्ठ गास बास कपासको व्यवस्थापन सरकारले गर्दिए जीवन चलाउन सहज हुने बताउनुहुन्छ।
पालिकाकै वडा न ४ हुदै बग्ने सलन्दु खोलाले पनौती वडा न १० मा पनि क्षेति पुर्याएको छ। सलन्दु खोलाले क्षेति पुर्याएका नागरिकले पनि सामान्य राहात भन्दा अन्य सुविधा नपाएको गुनासो गर्दै बासको व्यवस्थापनका लागी सरकारको बाटो हेरिरहेका छन्। भने बास बसाल्न सहयोग गर्न अनुरोध गरेर्रहेकी छन्।
यता वेथान्चोक गाउपालिका भीरीमा ४४ सय घर धुरी प्रभाबित भएको बताउदै पालिकाका विद्यालय , स्वास्थ्य सस्था , पालिकाकै भवन , विधुत ,सिंचाई र किसानको बालि नालीमा समेत क्षेति भएकाले प्रदेश सरकार र केन्द्र सरकारले पनि बेथान्चोकका पूर्वाधार निर्माणमा सघाईदिने आशा समेत गाउपालिका अध्यक्ष भगवान अधिकारीले ब्यक्त गर्दै पुन: निर्माण र पु: स्थापनाका कार्य पालिकाले अगाडी बडाएकोले धैर्य रहन पालिका बासीलाई अपिल समेत गर्नु भएको छ।