काठमाडौं । सुनको भाउ आज घटेको छ ।
शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा आइपुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४२ हजार ३२० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ हजार ६० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको भाउ बढ्न थालेको छ भने सुनको भाउ घट्न सुरु भएको छ । डलरको भाउ बढ्दा लगानीकर्ताहरु डलरमा लगानी गर्न आकर्षित हुने भएकाले सुनको भाउ ओरालो लाग्ने गरेको जानकारको बुझाइ छ ।