सबैको समाचार
शुक्रबार, असार ५, २०८३

नेप्सेमा ५१ अंकको गिरावट

1025
Shares
नेप्सेमा ५१ अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ ।

मंगलबार नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो ।

आज तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव १७ र जलविद्युत् समूह तीन दशमलव ०७ प्रतिशतले घटेको छ ।

बैंकिङ एक दशमलव ११, विकास बैंक दुई दशमलव २९, वित्त दुई दशमलव ३१, लगानी दुई दशमलव ०८, जीवन बीमा एक दशमलव ९४ र उत्पादन तथा प्रशोधन एक दशमलव ४८ प्रतिशतले घटेको छ ।

लघुवित्त समूह एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा एक दशमलव ६९, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ५८ प्रतिशतले घटेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा ङादी ग्रुप पावर लिमिटेडको नौ दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा उच्च देखिएको छ । आज यो कम्पनीको रु ४६ करोड ६८ लाख ९९ हजार आठ सय पाँच बराबरको आठ लाख ८८ हजार तीन सय १९ कित्ता शेयर किनबेच भएको छ ।

1025
Shares

ट्रेन्डिङ