काभ्रे :- अविरल बर्षा भैरहदा बनेपाको अरनिको पार्टी भेन्युमा भने एनिमेशन एण्ड थ्रीडी एक्स्पो चलिरहेको थियो। जिल्लाको बनेपा नगरपालिकको साहायतामा ड्रीम्स एनिमेशन एकेडेमी एण्ड स्टुएनिमेशन डियोको आयोजनामा एक दिने ३ डी एनिमेशन एण्ड एक्स्पो आयोजना गरिएको हो ।
बाहिरको पानि बेवास्था गर्दै एक्पोमा भने सहभागीहरु एक्स्पोमा राखिएका स्टलमा राखिएका समान र क्रीयशनलाई बस्थ देखिन्थे। २०१४ मा स्थापना भएको ड्रीम्स एनिमेसन एकेडेमी र स्टुडियो एनिमेसन, भिजुअल इफेक्ट र डिजिटल मिडियाका काम गर्दै आएको सस्था हो।
सोहि एक्पोका प्रमुख अतिथि समेत रहेका बनेपा नगरपालिका को प्रमुख शान्ति रत्न शाक्यले एक्पोलाई सम्बोधन गर्दै यस कार्यक्रमले युवाहरुलाई प्रविधिका माध्यम बाट रोजगारीमा जोडिने र कमाई समेत मनग्य गर्ने माध्यम भएकाले थप साहायता प्रदान गर्नेमा विस्वास ब्यक्त गर्दै एक्पोको भरपुर उपयोग गर्न सुझाब ब्यक्त गरे।
एकेडेमीले एनिमेसन, थ्रीडी , VFX, ग्राफिक्स डिजाइन, र इन्जिनियरिङ डिजाइन जस्ता प्राविधिक क्षेत्रहरूमा व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्दै आईरहेको बताउदै । आजको एक्पोले युवा पुस्तामा थप उर्जा भर्ने विस्वास ब्यक्त गर्दै एक्पोमा ६ / ७ सय सहभागी भैसकेको र १ हजार युवाहरु सहभागी हुने अनुमान गरिएको ड्रीम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोका प्रवन्ध निर्देशक मनिष देउलाले बताए
एक्पोमा उपत्यकाका तिन जिल्ला , सिन्धुपाल्चोक , र काभ्रेका विधालयका विधार्थिहरु लगाएत ईच्छुक ब्यक्तिहरुको सहभागीता रहेको छ। स्टुडियोले फ्रन्टमा, थ्रीडी उत्पादन, PSA, TVC, चलचित्र सम्पादन, मेडिकल भिजुअलाइजेशन, आर्किटेक्चर भिजुअलाइजेशन, गेमिङ, AR/VR, र VFX आदि कार्य देश तथा विदेशका ग्राहाकको गर्दै आईरहेको छ ।