सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • झाडापखालाले महामारी रुप लिन थाले पछि

झाडापखालाले महामारी रुप लिन थाले पछि

4505
Shares
झाडापखालाले महामारी रुप लिन थाले पछि

रामेछाप, जेठ ९ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजार आसपास झाडापखाला फैलँदा १ सयभन्दा बढी बिरामी परेका छन् । सोमबारदेखि फैलिएको झाडापखालाका कारण जिल्ला स्वास्थ्य कार्यालयमा १ सय भन्दा बढि बिरामी आएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाहाले रामेछाप नगरपालिका ८ को वादी, बालमन्दिर र लामा गाउँमा झाडापखाला देखिएको बताए ।
उनले झाडापखलाबाट बिरामी भएर अस्पताल आउने बिरामीको सङख्या १ सय नाघेको र बिरामीको सङख्या बढ्दो रहेको बताए । दूषित पानीको सेवनले झाडापखाला फैलिएको हुन सक्ने आशंकामा पानी परीक्षणका लागि काठमाडौं पठाएको डा. शाहाले बताए । जिल्ला स्वास्थ्य कार्यालय आसपासको क्षेत्रमा झाडापखाला फैलिएपछि त्यसको रोकथामका लागि सबै बिभिन्न प्रयास संगै जनचेतना जगाउने काम स्वास्थ्य कार्यालयले गरिरहेको उनको भनाई छ ।
उनले झाडापखालाका बिरामीहरुको सङख्या बढ्दै गएको भएपनि त्यस्तो आत्तिनु पर्ने अवस्था भने नरहेको बताए । जिल्ला स्वास्थ्य कार्यालयले रामेछाप बजार र झाडापखाला प्रभावित क्षेत्रमा खानेपानी उमालेर या निर्मलीकरण गरेर मात्र खान अनुरोध गरेको छ । खानेपानी उपभोक्ता समितिले पनि खानेपानी किटाणुरहित बनाउनका लागि प्रयास थालेको बताईएको छ ।

4505
Shares

ट्रेन्डिङ