काभ्रेपलाञ्चोक । नेपाल प्रहरी स्कुल सागा काभ्रेमा आयोजनामा भएको ३० औं अन्तर विद्यालय फुटबल सुरु भएको छ ।
प्रतियोगितामा देशभरका देशभरका १६ विद्यालयको प्रतिशपर्दा गर्दै छन । नकआउट चरणमा पहिलो खेलमा नेपाल पुलिस स्कुल विजयी भएको थियो।
खेलहेर्न पुगेका नबनियुक्त डिआईजि टेक प्रसाद राईले सम्बोधन गर्दै अहिलेको समयमा विधार्थीहरुलाई पठनपाठन सङै अतिरिक्त क्रीयाकलापमा पनि सहभागी गराउनु पर्ने बताउनु भयो ।
अहिले मुलुकमा खेलाडीलाई रास्ट्रको गहनाको रुपमा मान्ने गरिन्छ । खेलाडीहरुले खेल खेलेरनै मुलुकको नाम राख्ने गरेको बताउदै यस बिधालयबाट पास आउट भएका विधार्थीहरुले पनि रास्ट्रको प्रतिनिधित्व गर्दै नाम राख्न सकेको समेत बताउनु भयो । खेलकुदले विधार्थिहरुलाई शारीरिक तन्दुरुस्ती मात्र प्रधान नगरी ब्यक्तिगत सिर्जनशिलतामा समेत टेवा पुर्याउने छ ।
प्रहरी स्कुल सागाले पठनपाठन सङै गरेका अतिरिक्त क्रीयाकलापको जानकारी गराउदै यस्ले अभिभावकको विस्वास र समग्र विधालयको छ्बीलाई समेत उच्च राख्न समेत्त सहयोग हुने आशा ब्यक्त गर्दछु ।
अन्तर विद्यालय आईजिपि कप समुद्घाटन समारोहमा एन्फाका पदाधिकारी सहित प्रहरी र नेपाली सेनाका उच्च पदस्थ ब्यतिको सहभागिता रहेको थियो ।प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको उद्घाटन खेलमा नेपाल पुलिस स्कुल साँगा (रातो) टिमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ३ का विरूद्ध ० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६ टिमको सहभागिता रहेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।