सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बृहत् शैक्षिक प्रदर्शनी हुने

बृहत् शैक्षिक प्रदर्शनी हुने

3335
Shares
बृहत् शैक्षिक प्रदर्शनी हुने

उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ । माध्यमिक तहका विद्यार्थीहरुलाई केन्द्रित गरिएको उक्त प्रदर्शनीमा उपत्यकासहित काभ्रेका करि १ सय ३५ विद्यालयका एकहजार, अभिभावक तथा शिक्षाका सरोकारवालाहरु गरेर करिब १५ हजारले प्रदर्शनीमा सहभागिता जनाउने आयोजकको दाबी छ ।

ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, समाज, इतिहास, भूगोल, कला र संस्कृति, पर्यटनलगायतको विकासबाट देशको समग्र विकासमा खेल्ने भूमिकाबारे जानकारी दिन प्रदर्शनी गर्न लागिएको ख्वप उमाविका प्राचार्य एवं कार्यक्रमका सह संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । प्रदर्शनी माघ २५, २६ र २७ गते हुने छ ।

प्रदर्शनीमा विज्ञान, व्यवस्थापन र मानविकी र शिक्षा संकायलगायतका एकसय पचासभन्दा बढी स्टल रहने छन् । प्रदर्शनीमा दस जोड दुई, स्नातक र स्नातकोत्तर तह सञ्चालन गरिरहेको कलेजको सा प्रदर्शनीमा विज्ञानका ८४, व्यवस्थापनका ४२, शिक्षाका १५ र मानविकीका २२ वटा स्टल रहने छ ।

कार्यक्रममा दौड, चेस, भलिबल, बास्केटबल, फुटबल, टेबलटेनिस खेलका विजयी खेलाडी, भक्तपुर काभ्रे अन्तरकलेज बास्केटबल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यस्तै माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार, कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिने र १० वर्ष सेवा अवधि पूरा गरेको शिक्षक तथा कर्मचारीलाई कदरपत्रद्वारा सम्मान गरिने भएको छ । रासस

3335
Shares

ट्रेन्डिङ