सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा

पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा

3420
Shares
पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा

चर्चित हेयरस्टाइलिस निल डेभिड कटुवालले नेपालमा पहिलो पटक ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याउनुभएको छ । नेपाली चलचित्रकी अभिनेत्री गौरी मल्लले आज स्थानीय सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा उक्त शृङ्गारगृह उद्घाटन गर्नुभयो ।
एनडिके मेकअप स्टुडियो एन्ड टे«निङ एकेडेमीमार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरुषका लागि ब्राइडल, एक्स्क्ल्युुसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबैखाले सेवा उपलब्ध हुने कटुवालले बताउनुभयो । उक्त मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था छ ।
कटुवालले भन्नुभयो – ‘‘हामीले सेलिबे्रटी मेकअपदेखि सुटिङ, फोटो सेसन र सेलिब्रेटी र सर्वसाधारणले स्टुडियोमा आएर मेकअप गरी सिधै पार्टी र सुटिङमा जान सक्नेछन् ।” पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजभतेरलगायत महत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गारगृहमा गई तयार भई जाने क्रम बढेको छ । ब्युटिपार्लरमा महिलाका लागि मात्र मेकअपको सुविधा भए पनि उक्त स्टुडियोमा पुरुषका लागिसमेत सुविधा उपलब्ध छ ।
कटुवालले बेलायतमा गई ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट क्रिस्टिना बलेन्डासँग मेकअप कोर्स गर्नुभएको छ । कटुवालले नेपाल र भारतका विभिन्न स्थानमा अत्याधुनिक सुविधा भएका सैलुन सञ्चालन गर्दै आउनुभएको छ । रासस

3420
Shares

ट्रेन्डिङ