सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सूनपाको बजेट रु सोह्र करोड

सूनपाको बजेट रु सोह्र करोड

2460
Shares
सूनपाको बजेट रु सोह्र करोड

सूर्याेदय नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु १६ करोड ३७ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ । फिक्कलमा सोमबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरको अनुमानित आन्तरिक आय रु एक करोड रूपैयाँ छ । नगरको जनसङ्ख्या तथा सामाजिक विकास कार्यक्रमका लागि करिब रु सात करोड ५० लाख, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार निर्माणका लागि करिब रु पाँच करोड ७५ लाख र समपूरक कोषका लागि करिब रु एक करोड १६ लाख विनियोजन गरिएको छ ।
त्यस्ते सङ्गठन तथा प्रशासनसम्बन्धी कार्यक्रमका लागि रु ८३ लाख ५० हजार, कृषि, वन तथा वातावरण कार्यक्रमका लागि रु ४५ लाख नौ हजार, जलस्रोत तथा भूमि र विविध कार्यक्रमका लागि रु ४३ लाख ४० हजार र साझेदारी कार्यक्रमका लागि रु २५ लाख ५० हजार विनियोजन गरिएको छ ।
कार्यकारी अधिकृत भट्टराईले मानवीय समृद्धिसँग आबद्ध गर्न सकिने योजना पहिचान गरी गुरूयोजनाको काम अघि बढाइएको तथा नगरपालिकालाई व्ययभार नपर्नेगरी दीर्घकालीन रूपमा फोहोरमैला व्यवस्थापन र यसलाई मोहोरमा परिणत गर्ने आधार तयार भएको बताउनुभयो । रासस

2460
Shares

ट्रेन्डिङ