सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • नारायणकाजी र विप्लवबीच भेटवार्ता

नारायणकाजी र विप्लवबीच भेटवार्ता

635
Shares
नारायणकाजी र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। विप्लवले श्रेष्ठ निवास हात्तीवन पुगेर करिब एक घण्टा छलफल गरेका हुन्।

दुई नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा, माओवादीको एकतासम्बन्धी निर्णयलगायतको विषयमा छलफल भएको जनाइएको छ।

माओवादीको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। तर नेकपा भने माओवादीले निर्णय गर्दैमा तत्कालै एकता नहुने जवाफ दिएको छ।

दुई पार्टीबीच एकताको चर्चा विगतदेखि नै चल्दै आइरहेको छ। विप्लवले यसअघि माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

635
Shares

ट्रेन्डिङ