सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

रातो नम्बरको रंङ्गलीला

3615
Shares
रातो नम्बरको रंङ्गलीला

नेपालको ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कको रातो नम्बरको चर्चा निकै रह्यो । रातो नम्बरबाट आएको फोन उठाउने ज्यानै खतरा हुन्छ अझै मरिन्छ भन्ने हल्लाले नेपाल मात्र नभई विदेशमा पनि यसले ठूलै चर्चा पायो । सामाजिक सञ्जालमा भएको यस प्रकारको गलत प्रचार प्रसारले पूरा राष्ट्रलाई त्राही त्राही बनाइरहदा सरोकारवाला निकाय भने मौन नै थियो ।

रातो नम्बरले नेपालीहरुको ठूलै मानशिक चिन्तामा पारिसक्दा कही कसैबाट यसको प्रतिकारात्मक उत्तर भने आएर । केही समय अघि मात्रै रातो नम्बरको अफवाह फैलाएको भन्दै गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाइ प्रहरीले पक्राउ गरेको भन्ने समाचार पनि झुटो ठहरिएको छ ।

केही दिन अघि एनसेलको नम्बरबाट आउने रातो नम्बरको फोनले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा पोष्ट गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उहाँहरुलाई पक्राउ भन्ने समाचार आएको थियो । यसलाई गायिका प्रश्न्ना पाण्डेले सरासर गलत भनेकी छन् ।

गायिका प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफ्नो बारेमा आएको समाचारमा कुनै सत्यता नभई कपोकल्पीत, असत्य र भ्रामक भएको प्रष्ट पारेकी छन् ।

bigsale-690x100-pix-new एक पत्रकार सम्मेलनमा गायिका प्रश्न्ना पाण्डेले दुईचार दिन देखि रातो नम्बरबाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेशबुक वालमा हटस्क्रिन गरेर हालेको फोटोको बिषयलाई लिएर विभिन्न समाचार माध्ययममार्फत आफ्नो बारेमा आएको समाचार तथ्यपूर्ण नभएको कोही कसैले गलत नियतले प्रचार प्रसार गरेको बताएकी छिन् । संजोगले सामाजिक सञ्जालमा भाईरल बनेको बिषय र मैले आफ्नो वालमा फोटो हाल्नु सँगै भयो । जसले आज यसप्रकारको गलत प्रचार प्रसार गरिएको उनले थपिन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि)ले मलाई पक्राउ गरेर तारेकमा छोडेको भन्ने समाचारले मलाई र मेरो घर परिवार आफन्तजन र शुभचिन्तकहरूमो नकारात्मक असर गरेको छ । र मलाई दुःखी तुल्याएको भन्दै एकरात सिविआईले पक्राउ गरेर हिरासतमा राखेर छोडेको बिषय सरासर गलत भएको यस प्रकारको गलन समाचारको विश्वास नगर्न सबैमा आग्रह गरिन् । र आफ्नो नामसँग जोडिएर आएका विभिन्न सञ्चार माध्यामहरुले दिएका समाचारहरू गलत भएको कुरा प्रस्टाउदै यस्ता समाचारको भ्रममा नपर्न आग्रह गर्दै, आफु निर्दोष रहेको उल्लेख गरिन् ।

त्यससँगै केन्द्रीय अनुसन्धान ब्युरोले एक पत्रकार सम्मेलन गरी रातो नम्बरको गलत प्रचार प्रसारमा विश्वास नगर्न र यस्तो हल्ला नफैलाउन सबैसँग आग्रह गरेको छ । ब्युरो प्रमुख एब्म प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रातो नम्बरबाट फोन आउने र उठाउँदा ज्याने जान सक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किने भन्ने जस्ता गलत कुराको प्रचार प्रसार गराएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्नुभयो ।

3615
Shares

ट्रेन्डिङ