सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • बलान खोलामा डुबेर बालक बेपत्ता

बलान खोलामा डुबेर बालक बेपत्ता

575
Shares
बलान खोलामा डुबेर बालक बेपत्ता

जनकपुरधाम । सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका छन् ।

आज बिहान १० बजेतिर स्थानीय उत्सवको लागि भगवानपुर गाउँपालिका १ स्थित बलान खोलामा जल भर्न गएको बेला उनी बेपत्ता भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार बालकको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजबिन गरिरहेका छन् ।

575
Shares

ट्रेन्डिङ