सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विमानस्थलमा भिजिटर पास वितरण बन्द

विमानस्थलमा भिजिटर पास वितरण बन्द

745
Shares
विमानस्थलमा भिजिटर पास वितरण बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि दिइँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ ।

विमानस्थलले एक सार्वजनिक सूचना जारी गर्दै यही साउन २७ गतेदेखि यो नियम लागू हुने जानकारी दिएको हो ।

सूचनाअनुसार, अबदेखि व्यक्तिगत सहायता आवश्यक पर्ने यात्रुहरू जस्तै– वृद्ध–वृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला तथा नाबालकहरूलाई सम्बन्धित वायुसेवा कम्पनी (एयरलाइन्स) ले नै आवश्यक सहयोग उपलब्ध गराउनेछ। यी यात्रुहरूका लागि सहायता कक्ष र ह्वीलचेयर लगायतका विशेष सहयोगको प्रबन्ध पनि एयरलाइन्सबाटै हुनेछ ।

विमानस्थलमा अनावश्यक भीड कम गर्न र यात्रुलाई आवश्यक सहजीकरण वायुसेवाले नै गर्ने भएकाले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समिति’ को निर्णयअनुसार भिजिटर पास वितरण बन्द गरिएको जनाएको छ ।

यो निर्णयसँगै अबदेखि यात्रुका आफन्त तथा अन्य व्यक्तिहरू पास लिएर टर्मिनल भवनभित्र प्रवेश गर्न पाउने छैनन् ।

745
Shares

ट्रेन्डिङ