सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ‘ए’ डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्बल अपराजित रहँदै च्याम्पियन

‘ए’ डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्बल अपराजित रहँदै च्याम्पियन

9010
Shares
‘ए’ डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्बल अपराजित रहँदै च्याम्पियन

 

 

काठमाडौं, १४ फागुन: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको ‘ए’ डिभिजन लिग आज सकिएको हो ।

 

लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो।

 

लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ खेलमा २३ अङ्क जोड्यो ।

 

आजको खेलमा मनाङका लागि कप्तान अञ्जन विष्टले गोल गरे भने मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो ।

 

आजै भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी तेस्रो स्थानमा रहन सफल भयो । पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको एनआरटीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो ।

 

एनआरटीको लागि मेसुके ओलेमाउले ह्याट्रिक गरे । एनआरटीका शिव गुरुङले आफ्नै पोस्टमा गोल गरेका थिए । एनआरटीकाे पनि २३ अङ्क नै रहेको छ । लिगमा सातदोबाटो युथ क्लब चौथो र मनाङ मर्स्याङ्दी क्लब पाँचौँ स्थानमा रह्यो । यो सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा पर्दै ‘बी’ डिभिजनमा घटुवा भएका छन् ।

 

लिग विजेता मच्छिन्द्र क्बलले ७५ लाख रुपैयाँ पुरस्कार भयो भने दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ पाएको छ ।

 

9010
Shares

ट्रेन्डिङ