सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • डेङ्गी सङ्क्रमणबाट २४ वर्षीया महिलाको मृत्यु

डेङ्गी सङ्क्रमणबाट २४ वर्षीया महिलाको मृत्यु

७४ जिल्लामा फैलिएको डेङ्गीबाट सतर्क रहन आग्रह

540
Shares
डेङ्गी सङ्क्रमणबाट २४ वर्षीया महिलाको मृत्यु

काठमाडौं । डेङ्गी सङ्क्रमणका कारण यो वर्ष पहिलो मृत्युको घटना पुष्टि भएको छ ।

टेकु अस्पतालमा २४ वर्षीया महिलाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गत जनवरीयता देशका ७४ वटा जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको पनि महाशाखाले जनाएको छ । यसअवधिमा झन्डै तीन हजार जना डङ्गी सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन् ।

महाशाखाले कात्तिकसम्मै डेङ्गी सङ्क्रमणको डर भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यसैबीच धनकुटामा लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान चलाइएको छ ।

स्वास्थ्य कार्यालय धनकुटाको समन्वयमा जिल्ला प्रशासन, प्रहरी, नगरपालिका र स्थानीयको स‌ंयक्त टोलीले बजार क्षेत्रका गाडी, मोटरसाइकल मर्मत केन्द्र र घरघर पुगेर अभियान चलाएको हो ।

चिकित्सक सहितको टोलीले पानी जम्ने भााडा, टायर, गमला, ट्याङकी आदीमा पाइएका लार्भा नष्ट गर्न निर्देशन दिएको छ ।

540
Shares

ट्रेन्डिङ