सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • काभ्रेका दुई स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु स्थापना हुने

काभ्रेका दुई स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु स्थापना हुने

550
Shares
काभ्रेका दुई स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु स्थापना हुने

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकका दुई स्थानीय तहले स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु स्थापना गर्न सफल भएका छन्। नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य बीमा बोर्डसँग सम्झौता सम्पन्न भएपछि मण्डनदेउपुर आधारभूत अस्पताल र बनेपा नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सञ्चालन हुने भएको हो।

मण्डनदेउपुर आधारभूत अस्पतालमा भाद्र २२ गतेदेखि सेवा लागू गरिने जनाइएको छ। यस कदमले मण्डनदेउपुरका बासिन्दालाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।

यसैगरी बनेपा नगरपालिकाले स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी बनेपा नगर अस्पतालमा पनि बीमा सेवा सुरु गर्ने तयारी गरेको छ। सम्झौता कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नगर पदाधिकारी तथा बोर्डका प्रतिनिधिहरूको उपस्थिति थियो।

स्वास्थ्य बीमा सेवा लागू भएपछि दुवै नगरका हजारौं नागरिकले न्यूनतम लागतमा उपचार पाउने सुविधा प्राप्त गर्नेछन्। स्थानीय तहले पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

नेपाल सरकारले देशभर स्वास्थ्य बीमा विस्तार गर्ने नीति अन्तर्गत स्थानीय तहसँग सहकार्यलाई प्राथमिकता दिएको छ। काभ्रेका यी दुई तहमा सेवा सुरु हुनु नागरिकका हकमा सकारात्मक भएको चर्चा छ ।

550
Shares

ट्रेन्डिङ