सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • रोशीमा स्वास्थ्य बीमा सेवा सुरु गर्न मन्त्री र बोर्डसँग छलफल सङै माग ।

रोशीमा स्वास्थ्य बीमा सेवा सुरु गर्न मन्त्री र बोर्डसँग छलफल सङै माग ।

710
Shares
रोशीमा स्वास्थ्य बीमा सेवा सुरु गर्न मन्त्री र बोर्डसँग छलफल सङै माग ।

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले स्वास्थ्य बीमाको सेवा तत्काल सुरु गर्न माग गर्दै स्वास्थ्य मन्त्री माननीय प्रदीप पौडेल र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेलाई माग पत्र बुझाएको छ।

गाउँपालिकाले पठाएको पत्रमा रोशी आधारभूत अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु बनाइदिन स्पष्ट माग गरिएको छ। हालसम्म रोशी गाउँपालिकाभित्र स्वास्थ्य बीमाको कुनै पनि प्रथम सेवा बिन्दु स्थापना नभएको र यसले स्थानीयलाई ठूलो असुविधा भएको पत्रमा उल्लेख गरिएको छ।

श्रावण १ गतेदेखि नै स्वास्थ्य बीमा कार्यक्रम सरकारी सस्थाबाट सञ्चालनमा आए पनि रोशीका बीमित नागरिकले उपचारका लागि अन्य पालिका र नजिकका नगरपालिकामा कायम गरिएका प्रथम सेवा बिन्दु धाउनुपर्ने बाध्यता छ।

रोशी आधारभूत अस्पताल, जो वडा नम्बर २ मा अवस्थित छ । हाल आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। तर स्वास्थ्य बीमाको सुविधा नहुँदा आकस्मिक सेवा, रिफरल प्रणाली र बीमाअन्तर्गत सुलभ उपचार पाउन कठिनाइ भइरहेको छ।

पत्रमा भनिएको छ– “ हाल मेथिनकोट अस्पतालमा रहेको प्रथम सेवा बिन्दुबाट सेवा लिन नागरिकलाई अत्यन्तै असहज रहेकाले आवस्यक जनशक्ति सहित अनुमतीका पाउ ” भन्दै माग गरिएको पत्रमा उल्लेख छ ।

रोशिको आधारभुत अस्पताल निर्माण सम्पन्न भएर सन्चालनमा नआउदै असोज दोस्रो साताको रोशी खोलाको बाडीले वडा न २ को फलामेसाधु बजार सङै बगाएको थियो ।

अहिले सोही वडामा अस्थाई आधारभुत अस्पताल विश्व स्वास्थ्य सङठनको सहयोगमा निर्माण भै सन्चालनमा समेत आईसकेको छ । नागरिकलाई आफ्नै पालिकामा बीमा अन्तर्गतको उपचार सेवा सहज हुने अपेक्षाका साथ माग गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनु भयो ।

710
Shares

ट्रेन्डिङ