सबैको समाचार
बुधबार, कार्तिक २१, २०८१

कूलमानको कोलमा रुद्रसिंह

3180
Shares
कूलमानको कोलमा रुद्रसिंह

कूलमान विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएपछि १८ घण्टासम्म हुने लोडसेडिङ जिरो हुनपुग्यो । र, उनले सधैं घाटामा गइरहेको नेपाल विद्युत प्राधिकरणलाई आउने वर्षदेखि नाफामा लाने घोषणा समेत गरेका छन् ।
कुलमान आएपछि चुहावट कम हुन थालेको छ । प्राधिकरणका भ्रष्ट कर्मचारीमाथि कारवाही थालेका छन् र कर्मचारीलाई घूस ख्वाएर विद्युतको लाभ लिने उद्यमी, व्यक्ति, व्यापारीमाथि निगरानी बढाउन देशव्यापी रुपमा निरीक्षण टोली खटाएका छन् ।
आश्चर्यको कुरो, कुलमानले महानगरलाई चिठी लेखेर सडकवत्तीको बक्यौता ८६ करोड चुक्ता गरिदिन आग्रह गरेका छन् । यो चिठी पाएका महानगर कर्मचारी पिता रुद्रसिंह तामाङले तालुकदार स्थानीय मन्त्रालयमार्फत प्रधानमन्त्रीसम्म कुरा पु¥याएका छन् । कडा स्वभावका कुलमानले एक महिनाभित्र बक्यौता चुक्ता नगरे सडक बत्ती काट्न सक्ने अनुमान गरिएको छ । त्यसो भयो भने महानगरको इज्जत कहाँ जाला ?

3180
Shares

ट्रेन्डिङ