सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • शान्तिटोल बाट फरार कैदी पक्राउ

शान्तिटोल बाट फरार कैदी पक्राउ

440
Shares
शान्तिटोल बाट फरार कैदी पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–२ शान्तिटोलमा हिँड्दै गरेको अवस्थामा फरार कैदी किरण सिंह सुवेदी पक्राउ परेका छन् ।

भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका सुवेदी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उक्त मुद्दामा उहाँको दुई वर्ष कैद सजाय बाँकी रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल इंटेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण, हेडक्वाटर खुमलटार ललितपुरबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सुवेदीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको हो ।

440
Shares

ट्रेन्डिङ