सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • “पशुपति मन्दिरको महिमा जोगाउन निरन्तर पहल गर्छु” :- मीनकृष्ण महर्जन

“पशुपति मन्दिरको महिमा जोगाउन निरन्तर पहल गर्छु” :- मीनकृष्ण महर्जन

मन्दिर पुनर्निर्माण पछि भव्य रूपमा उद्घाटन र पशुपति जात्रा सम्पन्न

280
Shares
“पशुपति मन्दिरको महिमा जोगाउन निरन्तर पहल गर्छु” :- मीनकृष्ण महर्जन

ललितपुर :- ललितपुरको बागमती गाउँपालिका–७, गिम्दीस्थित कटुवा बेसिमा पुनर्निर्माण गरिएको भगवान पशुपतिनाथ मन्दिरको हिजो अर्थात् मंसिर २ गते विशेष समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ। २०८१ असोजको भीषण बाढीले पूर्णरूपमा बगाएको मन्दिरलाई स्थानीयवासी र विदेशमा रहेका युवाको सामूहिक प्रयास, श्रम तथा समर्पणले फेरि नयाँ स्वरूपमा उभ्याइएको हो।

२०७६ सालदेखि विभिन्न सामाजिक अभियानमार्फत गिम्दी गाउँमा सेवा पुर्‍याउँदै आएको गिम्दी प्रवासी युवा समाजले २०८१ असार १ गतेदेखि मन्दिर पुनर्निर्माण अभियान सुरू गरेको थियो। एम्बुलेन्स खरिददेखि स्वास्थ्य सहायता, आगलागी पीडित राहत, कोरोना महामारीमा स्वास्थ्य सामग्री वितरणलगायत १८ वटा सामाजिक अभियान सञ्चालन गरिसकेको समाजको यस परियोजनालाई गाउँकै “सबैभन्दा गर्विलो उपलब्धि” मानिएको छ।


मन्दिर पुनर्निर्माणका लागि स्वर्गीय मिन कुमारी चौरेलको सम्झनामा बुद्धि कृष्ण चौरेल र बिनोद चौरेलले जग्गा दान गरेका थिए भने झन्झ नारायण दाहालले समेत जग्गादान गरी अभियानलाई आधारदायी बनाएका थिए। स्थानीय तथा विदेशमा रहेका गिम्दीबासीले ३ लाख ६६ हजार ३६ रुपैयाँ सहयोग संकलन गरेका छन्। बागमती गाउँपालिकाबाट ३ लाख बजेट, हाईड्रोपावर कम्पनीबाट २२ हजार बराबरको गिट्टी, र पहिल्यै संकलित रकमसहित जम्मा १६ लाख २ हजार ६ सय १६ रुपैयाँ उठेको समाजले सार्वजनिक गरेको छ। भने मन्दिर निर्माणको हिसाबको प्रतिवेदन समेत सम्योजक कृष्ण मगरले बताउनु भयो ।

मंसिर २ गते विहानदेखि नै गिम्दीमा विशेष धार्मिक तथा सांस्कृतिक वातावरण बनेको थियो। उद्घाटनको पूर्वसन्ध्यामा मन्दिर परिसरमा परम्परागत डोरी खोला तान्ने कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भयो। त्यही साँझ पशुपति बगर क्षेत्रमा पितृहरूको स्मरणमा दियो बाल्ने, सदमि छर्ने तथा बृहत् मेला लाग्दा स्थानीय तथा बाहिरबाट आएका भक्तजनको उल्लेख्य भीड देखियो।
उद्घाटन समारोहमा जग्गादाता र चन्दादाता सबैलाई सम्मानपत्र प्रदान गरी कृतज्ञता व्यक्त गरिएको थियो।
त्यसैगरी संकलित सम्पूर्ण वित्तीय विवरण—सहयोग, खर्च, बाँकी रकम तथा बागमती प्रदेश सरकारद्वारा थप व्यवस्था गरिएको १६ लाख रुपैयाँ सबैलाई खुला रूपमा सार्वजनिक गरियो, जसले अभियानको पारदर्शिता झनै बलियो बनाएको स्थानीयहरूले बताएका छन्।


कार्यक्रममा मुख्य आतिथ्यका रुपमा कार्यक्रम स्थल बाग्मती नदि किनारा बाग्मती गाउँपालिका वडा न ७ गिम्दी पुगेका प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद मीनकृष्ण महर्जनले मन्दिर पुनर्निर्माण अभियानको प्रसंशा गर्दै भने—
“पशुपति मन्दिरको धार्मिक र सांस्कृतिक महिमा जोगाइ राख्न प्रदेश सरकारसँग निरन्तर समन्वय र पहल गर्दै जानेछु। गिम्दीका युवाले देखाएको प्रतिबद्धता देशका अन्य युवाका लागि प्रेरणा हो।”

विदेशबाट अभियानमा सक्रिय भूमिका निभाएका र १८ औ अभियान कार्यन्वयन गर्न लागि परेको संयोजक कृष्ण बहादुर जर्घा मगरले “पसिनाको कमाइलाई गाउँको माटोसँग मिसाएर गिम्दीलाई आदर्श गाउँ बनाउने लक्ष्य” रहेको बताउनु भयो।
मन्दिरमा केही अन्तिम निर्माण तथा रंगरोगनको काम मात्रै बाँकी रहे पनि उद्घाटनसहितको धार्मिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो। हिजोको समारोहले गिम्दीका स्थानीय, प्रवासी युवा र धार्मिक आस्थालाई एकै स्थानमा जोड्दै गिम्दीलाई उत्सवको रंगमा रंगाएको थियो। स्थानिय प्रचलन अनुसार बाबियोको डोरि (तोरण )मा पुस्प गुछासहित राखेर खोला तार्ने प्रचलन समेत सोही अवसरमा गरिएको थियो ।

नदिमा पुस्प दान गर्दा दुख कस्ट र पाप हराउने धार्मिक आत्मबिस्वास रहदै आएको थियो । भने काभ्रेको पनौतीमा रहेको पशुपती मन्दिर , धनेस्वर, सगा, गौखुरेस्वर महादेब मन्दिर देखि महादेब तिर्थस्थलमा भक्तजनको भिड लागेको थियो ।

280
Shares

ट्रेन्डिङ