सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • वायर्नको नाटकिय जित, लेइपजिग र डर्टमण्ड पराजित

वायर्नको नाटकिय जित, लेइपजिग र डर्टमण्ड पराजित

3795
Shares
वायर्नको नाटकिय जित, लेइपजिग र डर्टमण्ड पराजित

अन्तिम समयमा दुई गोल गर्दै वायर्न म्युनिखले शनिबार जर्मन बुण्डेसलिगामा इनगोल्सटाडलाई पराजित गरेको छ।
निर्धारित समयको अन्तिम मिनेट र इन्जुरी टाइममा गोल गर्दै वायर्नले जित हात पारेको हो। वायर्नको लागि ९० औं मिनेटमा अर्टुरो भिदाल र इन्जुरी टाइमको दोस्रो मिनेटमा आर्जेन रोवेनले गोल गरे।
जितसँगै वायर्नले दोस्रो स्थानको लेइपजिगमाथि ७ अंकको स्पष्ट अग्रता बनाएको छ। लेइपजित ह्यामवर्गर एसभीसँग पराजित भएपछि वायर्नले अंक दुरी बढाउने मौका पाएको हो। वायर्नको २० खेलबाट ४९ अंक भएको छ भने लेइपजिगको ४२ अंक छ।
घरेलु मैदानमै भएको खेलमा लेइपजिग ३-० ले पराजित भयो। ह्यामवर्गरको जितमा पापाडोपुलस, वालेस र आरेन हण्टले गोल गरे।
यस्कै बोरुसिया डर्टमण्ड डामस्टाडसँग २-१ ले पराजित भएको छ।
डामस्टाडको जितमा टेरेन्स बोएण्ड र एन्टोनिओ मिर्को कोलाकले गोल गरे। डर्टमण्डकोलागि राफेल गुरेइराले गोल गरे।
हारका बावजुत २० खेलबाट ३४ अंक रहेको डर्टमण्ड चौथो स्थानमा यथावत छ।
यस्तै तेस्रो स्थानको इनट्राट फ्रायंकफर्टलाई ३-० ले पराजित गर्दै वायर लेभरकुजन आठौं स्थानमा उक्लेको छ।  छैटौं स्थानको हेर्थ बर्लिनलाई हराउँदै साल्का एघारौं स्थानमा उक्लेको छ।

3795
Shares

ट्रेन्डिङ