सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चुलिदै छ जनता बैंकको समस्या

चुलिदै छ जनता बैंकको समस्या

2880
Shares
चुलिदै छ जनता बैंकको समस्या

लागू औषधको कारोबारमा संलग्नता भनिएका पवनकुमार संघाईका कारण जनता बैंक संकटमा परेको छ । संघाई समूह र जनता बैंक  सञ्चालक समूहको क्रसहोल्डिङ्गस कारण भारतमा लुकेर बसेको तथ्य भेटिएको छ । बारा गढिमाई ७ जीतपुर निवासी पवनकुमार संघाई अहिले पनि प्रहरीको सुचीमा फरार रहेका छन । उनी आर्य फर्मा ल्याब प्राइभेट लिमिटेडका सञ्चालक समेत हुन् ।
करिब एक महिनादेखि खोजी गरिरहदा पनि संघाईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरुको नाममा रहेको सम्पूर्ण बैंक खाता तथा लकर समेत बन्द गराइसकेको प्रहरीले बताएको छ ।
नेप्सेका अनुसार प्रहरी अनुसन्धानलाई सहयोग गर्न सबै धितोपत्र दलालहरुलाई परिपत्र पठाएर आरोप लागेका दुबै जनाको नाममा र उनीहरुको परिवारको नाममा रहेको शेयर खरिद/विक्रि नगर्न निर्देशन समेत दिएको छ ।

2880
Shares

ट्रेन्डिङ