सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

एनसेलमा फेसबुक निःशुल्क

2965
Shares
एनसेलमा फेसबुक निःशुल्क

एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।
एनसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन ।
तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ ।
साथै फेसबुक (म्यासेन्जर) च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ ।
एनसेलले हाल निःशुल्क टि्वटर अफर पनि दिएको छ ।

2965
Shares

ट्रेन्डिङ