सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरियाले पठायो ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’

कोरियाले पठायो ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’

7025
Shares
कोरियाले पठायो ५ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’

दक्षिण कोरियाले पछिल्लो पटक ५ सय नेपालीको श्रम सम्झौता पठाएको छ । सन् २०१७ को पहिलो लटका लागि नेपाली काादरलाई लैजान सुरु गरेको छ । इपीएस पास गरेका नेपाली कामदारको छनोट सुरु गरेको कोरियाले सुरुवातमै ५ सय कामदारको श्रम सम्झौता पठाएको हो ।
कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फका कामदार छान्ने क्रम तीब्र पारेको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई बताए । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको छ ।
नेपालमा रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । २ हजार एक सय ४० कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा पास भएका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने ग्यारेन्टी भने हुँदैन ।
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको थियो । हालसम्म दक्षिण कोरियामा इपीएसमार्फत् ३५ हजार बढी हजार नेपाली कामदार कोरिया पुगिसकेका छन् ।

7025
Shares

ट्रेन्डिङ