सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • कोरियन भाषा परीक्षाको फारम अनलाइन मार्फत हुने

कोरियन भाषा परीक्षाको फारम अनलाइन मार्फत हुने

5435
Shares
कोरियन भाषा परीक्षाको फारम अनलाइन मार्फत हुने

नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम यस पटक अनलाइन मार्फत हुने भएको छ । हरेक वर्ष परीक्षाका लागि दखास्त आह्वान गर्दै आएको यस पटक चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताए ।
शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन । यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । यसले गर्दा फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता हटेको छ ।
अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।
महिनाको १ लाख भन्दा बढी कमाउने भएका कारण बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै नेपाली युवाहरुको आवेदन पर्ने गरेको छ र, फारम बुझाउन दिन रात नैै लाइन बस्नुपर्ने बाध्यता यस पटक हट्ने स्रोतको दाबी छ । गतवर्ष ७० हजार भन्दा बढीले कोरिया भाषा परीक्षा दिएका थिए ।

5435
Shares

ट्रेन्डिङ