सबैको समाचार
आइतवार, अशोज १८, २०८३

करिअर खोज्दै ओझा

4720
Shares
करिअर खोज्दै ओझा

काभ्रे, असार ४ । पिता रामशरण ओझा र माता बिन्दा ओझाको कोख बाट बि.सं २०५३ साल पौष २४ गते जन्मेका अमृत ओझा अहिले कलाकारिता क्षेत्रमा आफ्नो करिअर खोजिरहेका छन।
काभ्रेको बेथानचोक गाउँपालीका-६ मा आफ्नो सैसबकाल बिताएका ओझा सानै देखि चन्चल स्वभाबका थिए।चलचित्र हेरेर हुबहु नक्कल गर्न सिपालु थिए।कलकारिता आफ्नो रुचि हुदा हुदैपनी पत्रकारिता तिर होमिनु परेको गुनासो छ उनिसंग।सामान्य परिवारमा जन्मेका ओझा सानै देखि मेहनती थिए।खबर चौतारीमा पेपर बाढ्ने काम गर्दा गर्दै आफ्नो बौदिकताले मार्केटिङ मेनेजर बनेका उनी हाल माउन्टेन टिभीका काभ्रे संबाददाता नी छन।
१२ कक्षा अध्यननरत ओझाले विभिन्न लोकदोहोरी,नाटक मा आफ्नो अभिनयकला देखाइसकेको बताउछन।गहु गोरो वर्ण,पुस्ट छाती,५.९ इन्च उचाईका उनी कलाकारीता क्षेत्रमा रम्ने प्रयत्नमा तल्लिन छन।बाध्यताले पत्रकारिता क्षेत्रमा लाग्नु परेको छुटै कथा छ उनी संग।
क्यारिकेचरमा पोख्त ओझाले पाँडे,हरिबंश आचार्य,शेर बहादुर आदीको बोलीको नक्कल पनि गर्न सक्ने सबैको समाचारकर्मीलाई बताए।आफ्नो करिअर खोज्दै गरेका उनी चाडै टिभी सिरियलमा आउने बताउछन।अबसर पाउने हो भने पुराना कलाकार सरह अभिनय गर्न सक्ने तर कलाकारिता मा लाग्न कि आफ्नै आफन्त कि पैसा हुनु पर्ने,आफु संग दुबै नभएको ले कलाकारिता क्षेत्र मा लाग्न नसकेको दुखेसो ओझाको छ।

4720
Shares

ट्रेन्डिङ