सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • युगान्डाद्वारा करिब एक टन हस्तीहाड जफत

युगान्डाद्वारा करिब एक टन हस्तीहाड जफत

4655
Shares
युगान्डाद्वारा करिब एक टन हस्तीहाड जफत

युगान्डाका सुरक्षाकर्मीले झन्डै एक टन हस्तीहाडलाई युगान्डाको राजधानी नजिकैबाट जफत गरेको छ । पानीजहाजबाट विदेश पठाउन लागेको भनी प्राप्त गोप्य सूचनाका आधारमा उक्त हस्तीहाड एक घरमा भन्डारण गरी राखिएको अवस्थामा शुक्रबार जफत गरिएको हो ।
युगान्डा वन्यजन्तु सुरक्षा अधिकारी प्रवक्ता गेटा सिम्प्लिसिअसका अनुसार कम्पलाको बाहिरी क्षेत्रमा अवस्थित एक विशाल घरमा हस्तीहाड लुकाएर राखेको आरोपमा दुई पश्चिम अ फ्रिकी नागरिकलाई पक्राउ गरिएको छ ।
उनीहरुलाई बेरिया र ग्युनिया विसाउका नागरिक रहेका सिम्प्लिसिअसले बताउनुभयो । उहाँले हस्तीहाड तान्जिनिया र कङ्गोबाट ल्याइएको हुन सक्ने बताउनुभयो ।
अफ्रिकी राष्ट्र युगान्डा करिब पाँच हजार छ सय हस्ती रहेको सरकारी तथ्याङ्क छ । अफ्रिकी मुलुकमा हस्तीहाडका लागि हात्ती मार्ने क्रम बढेपछि पछिल्ला केही वर्षयता नियन्त्रण प्रयास मजबुत पारिएको भए पनि चीनलगायतका देशमा यसको राम्रो मूल्य पाउने हुँदा अभियान सफल भने हुने गरेको छैन ।
चीनले पनि सन् २०१७ को अन्त्यसम्म हस्तीहाड व्यापारमा पूर्णतया रोक लगाउने योजना ल्याएको छ । रासस÷एपी

4655
Shares

ट्रेन्डिङ