सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • राजदूत बनीन् म्यानपावरवाली

राजदूत बनीन् म्यानपावरवाली

4285
Shares
राजदूत बनीन् म्यानपावरवाली

म्यानपावरवाली शर्मिला पराजुली राजदूतवाली बनिन् । राजदूत बन्नका लागि उनले म्यानपावरमा लागेका सपरिवारलाई त्याग गरेर अलग बसेको हल्लासमेत पिटाइन् ।
हिरोइन टाइपकी शर्मिला नोटको बिटोले राजदूत किन्न सफल भइन्, अव केही दिनमै नियुक्ती पाएपछि नोट कमाउन थाल्नेछिन् भन्ने प्रतिक्रिया सबैका मुखबाट निस्कन थालेको छ ।
तैपनि उनलाई राजदूतको कोटामा पार्ने पार्टी र सिफारिस गर्ने प्रधानमन्त्री प्रचण्डलाई कत्ति पनि लाज लागेको देखिदैन । राजदूत सिफारिस फागुन ९ गते गरिएको हो ।
यसपटक माओवादी–कांग्रेसको सरकारले राजदूत लिलामी गर्यो । सवैभन्दा बढी मूल्यमा राजदूत पद सकार्ने म्यानपावरवाली शर्मिला पराजुली नै हुन् । उनले ओमानको राजदूत बन्नका लागि ५ करोडको बोली लगाएकी बताइन्छ ।
यिनको नाम पहिले पनि ओमानको राजदूतमा सिफारिस भएको हो, तर त्यो निर्णय खारेज गरिएको थियो । यसपटक उनलाई सफलता मिल्यो ।
राजनीतिक भागबण्डामा न्यायाधीश, निर्वाचन, अख्तियार आयुक्तपछि राजदूत पनि नियुक्त गरिएको छ र ती सबै नियुक्ती जालझेलपूर्ण तरिकाले गरिएको हो । नेताका आफन्त, सहयोगी र धेरै बोलकबोल गर्नेलाई पार्टीहरुले आफ्नो भागमा परेका कोटा बेचेका छन् ।
सांसद पद बिक्री गर्ने पार्टीका लागि राजदूतपद बिक्री गर्नु ठूलो कुरा होइन । यस्ता राजदूतहरु कसरी देशका प्रतिनिधि बन्लान् र ?
यसपटक कांग्रेसलाई ६, माओवादीलाई ४, राप्रपालाई ३ र फोरम लोकतान्त्रिकलाई १ गरी १४ राजदूत नियुक्तका लागि सिफारिस भएका छन् । देशको प्रतिनिधि ल्याकत, योग्यता, राजदूत हुने देशको जानकारी र कुटनीतिक ज्ञानलाई मिलाएर राजदूत नियुक्त गर्नुपर्नेमा संविधानको व्यवस्थालाई पार्टीहरुले स्वार्थमा घुलमिल गराइदिएका छन् ।
सिफारिस भएका राजदूतहरुमा युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसाल, श्रीलङ्काका लागि विश्वम्भर प्याकुरेल, यमनका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापा रहेका छन् । यथार्थमा यो राजदूतको नियुक्ती होइन, जागीर दिइएको हो ।

4285
Shares

ट्रेन्डिङ