सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नाम र लोगो फेर्नुको रहस्य ?

नाम र लोगो फेर्नुको रहस्य ?

4790
Shares
नाम र लोगो फेर्नुको रहस्य ?

नाम हुन, बदनाम हुन तर गुमनाम नहुनु भन्ने नेपालीे उखान जस्तै भएको छ । अहिले नेपाली बैंकहरुलाई । अहिले नेपाली बैंकहरु भटाभट लोगो र नाम परिवर्तनमा लाखौं खर्च गरिरहेका छन् ।
बैंकको पूरानो वदनाम भएको छवीलाई शेयरधनी लगानीकर्ता, प्रमोटर र सर्वसाधारण जनताहरुके मानसपटबाट बिर्साउने योजना सहित वाणिज्य बैंक र विकास बैंकहरु लोगो र नाम परिवर्तनको खेलमा लागेको फेला परेको
छ ।
“नयाँ वोतलमा पूरानै रक्सी” भने झैं राम्रो भवन, राम्रा कर्मचारी, राम्रो नाफा र राम्रो डिपोजिट पाए पछि बैंकहरुले महिलाले अनुहारमा क्रिम, पाउडर र महंगा श्रृगार सामाग्रीले चिटिक्क बनाएझैं बैंकहरु पनि यस्तै धन्दामा लागेका हुन कि भन्ने शंका उत्पन्न हुन स्वभाविक देखिन्छ ।
नाम फेर्ने कामको शुरुवात मर्जरबाटै हुने भए पनि मर्जर पछि पनि नाम फेर्ने कार्य शुरु भएको बैंक बन्दैछ । बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेड उसले फेरि बैंक अफ काठमाण्डु लिमिटेड पुरानै नाम चलन चल्तीमा ल्याउने भएको छ । कारण हो लुम्बिनी बदनाम भएको तर गुनाम नभएको बैंक हो ।
बंगाली र नेपालीको संयुक्त प्रमोटर लगानीमा बनेको (NB) बैंकको लागो हालै परिवर्तन भएको छ । नेपाल बंगलादेश बैंक ले (NB)  भन्ने शब्द हटाएको छ । यसको भित्री रहस्य हो (NB) ग्रुपको अतित्व हटाउने यसमा सिइओ ज्ञानेन्द्र प्रसाद ढुगाना सफल भएका छन् ।
तर ओरालो लागेको मृगलाई खेद्नु राम्रो होइन । ठूलो खर्च गरेर (NB) भन्ने लोगो हटाएर आनन्द लिए पनि बैंकको प्रगति र उन्नति राम्रो हुनपर्यो ८० प्रतिशत राईट शेयर दिने भन्दै शेयरको भाउ घट्न नदिने र दिइने कुराको निर्णय गर्न नसक्ने नेपाल बंगलादेश बैंकको बोर्डले लोगो परिवर्तन गर्दैमा केही हुदैन एक शेयर धनीले राजतिलक साप्ताहिकसँग बताए ।
यस्तै भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले आफ्नो पूरै नाम फेर्दैछ । सोसाइटी डेभलपमेन्ट बैंक र भिवोर विकास बैंक मर्ज भएपछि भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको नामबाट सञ्चालनमा आएको थियो ।
उक्त बैंकले राम्रो नाम नपाएपछि लुम्बिनी फाइनान्ससँग मर्जरमा गएर बैंकको नाम परिवर्तन गरी लुम्बिनी विकास बैंक राखिने सहमती गरेको हो ।
सोसाइटी डेभलपमेन्ट बैंकको नाम यस अघि एच एण्ड बि डेभलपमेन्ट बैंक थियो । बिभिन्न फाइनान्स कम्पनी एक आपसमा मर्ज भएर एच एण्ड बि डेभलपमेन्ट बैंक बनेको थियो ।
राष्ट्र बैंकले नियन्त्रणमा लिएको उक्त बैंकको अवस्थामा संन्तोषजनक सुधार भएपछि ब्यवस्थापन हस्तान्तरण राष्ट्र बैंकले गरेको थियो । तर त्यसको पुरानो बदनामी अहिले पनि सर्वसाधारणले स्मरण गरिरहेका छन् ।
नकारात्मक छवि मेटाउन अहिले पनि बैंकलाई विजनेश बढाउन अप्ठ्यारो परिरहेको देखिन्छ । त्यसैले पनि उसले नाम फेर्न बाध्य भएको हो प्रस्टै छ ।
नेपाल बगांलादेश बैंक (एनबी) ले पनि नयाँ लोगो चलनचल्तीमा ल्याएको छ । एनबी समूह झल्किएको कारण पुरानो लोगो विस्थापित गरि नयाँ लोगो प्रचलनमा ल्याएको हो । बैंक स्रोतका अनुसार एनबी समूहभन्दा पृथक देखिन नयाँ लोगो प्रयोगमा ल्याइएको एक सञ्चालकले बताए ।
गत शुक्रबार होटल अन्नपूर्णमा आयोजित भव्य समारोहमा बैंकका अध्यक्ष जलाल अहमदले नयाँ लोगो सार्वजनिक गर्दै बैंक नयाँ चरणमा प्रवेश गरेको बताएका थिए । नयाँ लोगो पुरानो भन्दा जिवन्त र हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता उक्त अवसरमा उनले व्यक्त गरेका थिए ।
बैंक स्थापनाकालमा एनबी समूह प्रमुख लगानीकर्ताका रुपमा थियो । तर, उक्त समूहका सदस्यले बैंकबाट अनधिकृत कर्जा लिइ समस्याग्रस्त अवस्थामा पुर्याएका थिए । अहिले पनि एनबी समूहसँग बैंकको केही मात्रामा शेयर रहेको छ । तर, उनीहरु सञ्चालक समितिमा अल्पमतमा परेका छन् ।
उनीहरुको निर्णय क्षमता कमजोर भएको छ । एनबी समूहको बर्चश्व कमजोर भएको कुरा लोगो परिवर्तनबाट पनि स्पष्ट हुन्छ । यदि उनीहरु बलियो स्थितिमा हुन्थे भने लोगो परिवर्तन गर्न दिँदैनथे । तर ९ल्द्य० समूको नामको केही कर्जा अझै उठेको छैन । प्रभिजन भएको छ ।
‘बैंक अफ काठमाडू लुम्बिनी लिमिटेड’ पनि बैंक अफ काठमाण्डू लि. मै फर्किँदै छ । आगामी चैत ३ गते हुने बैंक अफ काठमाण्डू लुम्बिनीको वार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने भएको छ । साधारणसभाले अनुमोदन गरेपछि बैंक पुरानै नाममा फर्किने छ ।
लुम्बिनी बैकसँग मर्ज भएपछि बैंक अफ काठमाण्डूको नाम परिवर्तन भएको थियो । यसले पनि लुम्बिनीको नाम निसान मेटाउदै छ ।
यसैगरी, प्रभुले किष्ट बैंकलाई खरिद गरेपछि बैंकको नाम प्रभु बैंक लिमिटेड राखिएको थियो । लोगो भित्र मात्र किष्ट छ बाँकी अन्यत्र किष्ट बैंकको नाम निशाना नै छैन् । अहिले पनि किष्टको लोगो भने छ । प्रभु समूहको लोकप्रियता बढी छ ।
उनीहरुले अहिलेसम्म नराम्रो काम नगरेकाले पनि प्रभु समूहलाई विश्वास गरिन्छ । तर, किष्ट बैंकको छवि राम्रो छैन, त्यसैले पनि किष्टको लोगो फेर्न तयारीमा प्रभु बैंक लागेको एक सञ्चालकले बताए ।
किष्ट र ग्राण्ड बैंकको अर्वको सम्पत्ति रातारात हत्याउन सफल प्रभु ग्रुपले नाम र लोगो परिवर्तन गर्दैमा सवै राम्रो हुने होइन । बैंक नाफामा जानु पर्यो । अहिले बजारमा शेयरको मूल्य ३ सयको हाराहारिमा छ ।
४० प्रतिशत बोनश शेयरको घोषणा पछि पनि । भनेपछि बदनाम हुनु गुमनाम नहुनुको उखान यसै बैंकमा लागु भएको देखिन्छ ।

4790
Shares

ट्रेन्डिङ