सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कपालको आम्दानी महिनामा ९० हजार डलर

कपालको आम्दानी महिनामा ९० हजार डलर

3785
Shares
कपालको आम्दानी महिनामा ९० हजार डलर

तपाईले अहिलेसम्म कति लामो कपाल देख्नुभएको छ ? बढीमा ५ फिट । पत्याउनै मुश्किल पर्ने अमेरिकाको फ्लोरिडामा बसोबास गर्ने एक महिला आशा मंडेलाको कपालको तौल मात्र २० किलोग्रामको छ । उनको कपालको लम्बाई ५५ फिट छ ।
यसैमार्फत आशाले गिनिज बुकमा नाम समेत लेखाइसकेकी छन् । आशाको कपाल सफा गर्न एक पटकमा ६ बोटल स्याम्फू लाग्छ । नुहाएको कपाल सुक्न दुई दिन लाग्छ । आशाले करीब २५ वर्षदेखि कपाल काटेकी छैनन् ।
आशाको कपाल पाल्ने शोकका कारण उनले विवाह गर्नका लागि केटा पाइरहेकी थिइनन् तर एक हेयर ड्रेसर इमानुएल शेगको नजर उनको कपालमा पर्‍यो । उनी पहिलो भेटमै उनको कपालसँग फिदा भएका थिए । शेगले आशासँग विवाह गर्ने प्रस्ताव गरे र विवाह पनि भयो । उनीहरुको भेट फेसबुकबाट भएको थियो ।
चिकित्सकले अत्याधिक लामो र भारी कपालले विशेषगरी गर्दन र शरीरलाई बोझ हुने भन्दै कपाल काट्न सुझाए पनि उनी र उनका पतिले मानेनन् । आशाले आफ्नो कपाललाई ब्रांड नै बनाइसकेकी छन् ।
विभिन्न स्याम्फू र साबुन कम्पनीहरु उनको कपाललाई लिएर धमाधम विज्ञापन बनाइरहेका छन् । उनले सोही मार्फत महिनामा लगभग ९० हजार भन्दा बढी कमाइरहेकी छन् । एजेन्सी

3785
Shares

ट्रेन्डिङ