वीरगन्ज – सप्तरीमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मधेसी मोर्चाले दुई दिन मधेश बन्द गरेको छ । बन्दको प्रभाव विहानैदेखि देखिएको छ ।
जनजीवन प्रभावित भएको छ ।
सप्तरीमा सोमबार मधेशी मोर्चा र प्रहरी बिच भएको झडपमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ताको मृत्यु भएको बिरोधमा मधेशी मोर्चाले बन्द आव्हान गरेको हो ।
मोर्चाका कार्यकर्ताले मंगलबार वीरगन्ज पनि बन्द गराएका छन् ।
आज विहानैदेखी ठुला सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था , कलकारखाना , पसलहरु बन्द भएका छन् ।
मंगलबार आह्वान गरिएको मधेस बन्दलाइ सफल पार्नका लागि संयुतm लोकतान्त्रिका मधेशी मोर्चाका कार्यकर्ताहरुले विहानै देखी वीरगंजको घण्टाघर , हिमालय आयरन ,परवानीपुर ,गण्डक चौक, प्रतिमा चौक, बसपार्क चौक, मुर्ली चौक, माईसथान नगवा चौक, भंसार लगायतका ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरुले घण्टाघर चौकमा ना.५.ख १८९५ नम्बरको ट्रक तोडफोड समेत गरेका छन् ।
पर्साको पोखरीया नगरपालिकामा पनि विहानदेखी टायर बकालेर विरोध प्रदर्शन गरीरहेका छन् ।
जनकपुरको जनकचोक, पिडारी चोक, रामानन्द चोक, कदम चोक लगायतका चोकहरुमा टायर बाली तथा मोर्चाका कार्यकर्ताहरु लट्टी बोकी प्रदर्शन गरिरहेका छन्। यता बिहानै मोर्चाका कार्यकर्ताहरु ना७ख २२६३ नम्बरको एक ट्रिपरमा तोडफोड गरेका छन् ।