सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना हुँदा नौ घाइते

तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना हुँदा नौ घाइते

4495
Shares
तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना हुँदा नौ घाइते

नुवाकोटको देउरालीमा तीर्थयात्री चढेको बा ४ ख ४०५७ नं को मिनी ट्रक दुर्घटना हँुदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।
धादिङको समेजोङमा फागुपूर्णिमा मेलामा सहभागी भएर घर फर्कदै गरेका तीर्थयात्री चढेको मिनीट्रक दुर्घटनामा परेको हो ।
गम्भीर घाइते भएका देउराली–२ का सुनिता तामाङ, सन्तोष तामाङ, देउराली–४ का छिरिङ तामाङ, देउराली–५ का अञ्जली तामाङ, बुङताङ–२ का सरिता तामाङ र सीता तामाङलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।
सामान्य घाइते तीन जनाको देउराली प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । रासस

4495
Shares

ट्रेन्डिङ