सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्छाैं, ‘प्रधानमन्त्री’

संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्छाैं, ‘प्रधानमन्त्री’

2965
Shares
संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्छाैं, ‘प्रधानमन्त्री’

मंसीर १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ ।
आइतबार माओवादी केद्रमा प्रवेश गर्ने खेलाडीहरुको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘खेल क्षेत्र निकै ठूलो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा ठूला उपाधि प्राप्त गर्न थालेको छ, यसले नेपाल र नेपालीको शिर उच्च बनाएको छ, नेपाली युवाहरुको आत्मबल बढेको छ । तपाईहरुको प्रगतिले सरकारको पनि ईच्छाशक्ति बढेको छ । सरकार संस्थागत रुपमै खेल क्षेत्रमा केही न केही नयाँ प्रगति गर्ने प्रयत्नमा छ । खेलकूदको क्षेत्रमा हामी छिट्टै नयाँ योजना ल्याउँदै छौं ।’
माओवादी केन्द्रमा प्रवेश गर्ने खेलाडीहरुलाई प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरु जुन विश्वासका साथ माओवादी आन्दोलनमा आउनुभएको छ, यसले हामीलाई उत्साही र गम्भीर बनाएको छ ।
राष्ट्र र जनताको प्रगति र विकासका लागि जिम्मेवारी थपिएको महशुस गरेको छु । सरकारले खेलाडीहरुको भावना र खेल क्षेत्रका समस्या सम्बोधन हुने गरी नयाँ योजना ल्याउँछ ।’ कार्यक्रममा कराँतेका अन्तर्राष्ट्रिय खेलाडी ध्वजमान मोक्तान सहितका दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका थिए ।

2965
Shares

ट्रेन्डिङ