गणेशबहादुर ढुंगाना
भारतीय छुद्रवादको शिकार नेपाल : ऐतिहासिक पृष्ठभूमिलाई विश्लेषण गर्दा सानो निरीह भूपरिबेष्ठित स्वतन्त्र राष्ट्र नेपाल भारतीय कुटनीतिक क्षुद्रवाद Indian diplomatic meanismको शिकार बनेको छ । सयौं वर्षसम्म मुसलमान र अंग्रेजहरुको उपनिवेशमा थिचिएर बसेको राज्य भारतले अंग्रेजद्वारा एकीकृत विशाल भारत सन १९४७ मा स्वतन्त्रताको लड्डुका रुपमा पाएपछि भारतीय बोकाका मुखमा कुभिण्डो नअटाएर अंग्रेज मुस्लिमको उपनिवेशिक संस्कारलाई बोकेर अगाडि बडिरहेका छन् ।
सन १९५० को नेपाल भारत मैत्री सन्धिका अन्तर्निहित विषाक्त पक्षहरु जस्तै अत्याधिक भारतीय जनसंख्याको घुसपैठ तथा कानुनीकरण, हिन्दूराजतन्त्र र हिन्दू अधिराज्यको अन्त्य तथा गणतन्त्र र धर्मनिरपेक्षताको प्रारम्भ, राष्ट्रिय संविधानवाद र विकेन्द्रीकृत स्थानीय स्वायत्तता सम्पन्न केन्द्र नियन्त्रित शासन पध्दतिको अन्त्य र संविधानसभा तथा जातिय पहिचानसहितको संघीय आत्मनिर्णायक, समावेशी राज्य प्रणालीको प्रारम्भ, नेपाल भारत राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, (पूर्ण विहारीकरण) जलविद्युत, सीमाआदि सम्बन्धि मजवुत माफियाकरण गरेर नेपाललाई निरन्तर लूट, डकैति र हत्याको अस्थिर अराजक केन्द्र बनाइएको छ । तसर्थ जलविद्युत वा सञ्चार वा सीमा, संविधान वा सांस्कृतिक आर्थिक धार्मिक, जस्ता विवषयगत रुपमा संकटग्रस्त घोषणा नगरी एकमुष्ट तथा समग्र रुपमा नेपाललाई भारत पीडित संकटग्रस्त राष्ट्र घोषित गरियोस् ।
राजा, प्रधानमन्त्री तथा प्रधानसेनापतिको वर्तमान दायित्व: नेपाल यतिखेर उपरोक्त बाह्यकारण र तिनका आन्तरिक दलालहरुका कारणले गर्दा सर्वाङ्गिण संकटमा परिसकेको छ । वर्तमान नेपालका वैधानिक राजा, प्रधानमन्त्री र प्रधानसेनापतिले त्यस्ता कायरपूर्ण ललौने बिलौने भाषण गरेर अव देश र जनता बााच्नेवाला छैनन् । अव उपरोक्त तीनवटै राष्ट्रिय शक्तिले समन्वय र सहकार्य गरेर तत्काल संकटकालीन अवस्थाको घोषणा गर्नुपर्दछ र बहादुरीका साथ सत्ता कव्जा गरेर देश बचाउनु पर्दछ । अन्यथा कसैको भातमारा भाषणहरु र वीर गोर्खालीको छालामा भारतीय आततायीहरुको रजाई गराएर भाग्नुमात्र आजको देशभक्तिको परिभाषाभित्र पर्दैन । बरु जिउादै मर्नुभन्दा हाराकिरी गरे देशभक्तिको बिकल्प हुनसक्छ ।
नेपाल चीन ऐतिहासिक सम्बन्ध र नवदायित्व
(क) नेपाल चीन ऐतिहासिक तथा धार्मिक सम्बन्ध प्राचीनतम तथा निकटतम रहेका छन् । नेपाली देवाधिदेव श्रीमहादेवको धर्मकर्मथलो मानसरोवर, कैलाश पर्वत लगायतका अनेकौं उच्च हिमश्रृंखलाहरु नेपाल चीन मैत्रीका अमर आधार स्तम्भका रुपमा खम्बित छन्.। पछि मञ्चु राजबंशीय राजाका सेनाहरु बेत्रावतीसम्म आएर नेपाललाई सानो भाइसरह भएर बस्नु, चीन (तिब्बत)मा कसैका उक्सावटमा आएर आक्रमण नगर्नु, नेपाललाई कसैले थिचोमिचो आक्रमण गर्यो भने चीनलाई भन्नु, सहायता दिनेछ भनेर राम्रोसाग सम्झाईबुझाई शान्तिमय ढंगबाट चिनियाा फौज केही दु:ख नदिई फर्किएर गएको इतिहास छ ।
(ख) नेपाललाई अस्तिसम्म पनि चीनको खोर्सानीबारी भनिन्थ्यो । चीनलाई सालसालै केही मात्रामा खोर्सानी र एकजोडी हात्ती नेपाललले सौगात स्वरुप पठाएर नेपालमा चीनको सिमित तथा न्यूनतम सत्ताधिकार राखेको थियो । तर पछि अध्यक्ष माओ, प्रधानमन्ती चाओले सो सबै व्यवस्था स्वेच्छाले खारेज गरेर नेपाललाई पूर्ण स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा विश्वसमक्ष स्थापित गरे र सीमा समाधान पनि कुनै किचकिच बिना एकमुष्ट पानी ढलको आधारमा गरिदिए साथै आजसम्म एक इञ्च नेपालको भूमि पनि अतिक्रमण गरेको छैन । तर, महान भारत भने दैनिक एक रोपनीसम्म जग्गा पनि अतिक्रमण गर्न नपाए नभएका नयाा नयाा करकापका सन्धि गर्न नपाए बौंलाउाछ । भाषालगायत प्रत्येक विषयमा एजेण्ट खडा गरेर दु:ख दिन्छ र आनन्द लिन्छ । नेपालको चीनसाग पनि सीमा समस्या छ भन्ने मन्त्रीहरु नेपाली होइनन्, दिल्लीका दलाल हुन् भनेर चीनका राजदूत र सरकारले रेकर्डमा राख्नुपर्दछ र मौका पर्ना साथ धपाउनु पर्दछ ।
(ग) आधुनिक युगमा पनि भारतले नेपाललाई अत्याचार गर्न नछाडेको हुादा चीनले पनि नेपाललाई भारतपिडित मुलुक भनेर अव तुरुन्तै मान्यता दिनुपर्दछ । जसरी रामायणमा राजा रामले आफ्ना मित्र सुग्रीवलाई पापी बालीको बध गरेर किस्किन्धापुरी राज्यको राजा बनाएका थिए, त्यसरी नै चीनले पनि नेपालबाट बालीरुपी भारतलाई भगाएर शाहबंंशका उत्तराधिकारी राजा ज्ञानेन्द्रलाई नेपालको सिंहासनमा राखिदिनु पर्दछ । हिन्दू अधिराज्य पुर्नबहाली गरिदिनु पर्दछ र साथै नेपालबाट सशक्त रुपमा बाहिरी हत्याराहरु भगाएर नेपालमा शान्ति, प्रजातन्त्र तथा विकासको मूल फुटाउन सहयोग गर्नुपर्दिछ ।
(घ) नेपाली जनता चिनियाा क्षिमेकी जनतालाई पनि भारतीयलाई सरह समान अधिकार दिनुपर्दछ भन्ने मान्यता राख्दछन् । अर्थात चिनिया जनताले पनि नेपालमा बिना भिसा, रोकटोक, आवतजावत, बन्दव्यापार गर्न पाउनुपर्दछ । त्यसको लागि चीन सरकारले पनि हस्तक्षेप बल प्रयोग करकापका सन्धिका हदसम्म उत्रिन सक्नुपर्दछ । कि त भारतले पनि नेपालमा चीनसरह अनुशासन, सभ्यता र अन्तर्राष्ट्रिय कानुन बमोजिम हिड्नु पर्दछ ।
नेपाल अमेरिका सम्बन्ध : नेपाल अमेरिका सम्बन्ध पूर्व राष्ट्रपतिद्वय स्व. रोनाल्ड रेगान र वील क्लिन्टनका पालासम्म धेरै सुमधुर र सौहार्दपूर्ण थियो । रेगनको नेपालको शान्ति क्षेत्रको प्रस्तावको अन्तर्निहित मर्मलाई बुझेर समर्थन गर्नु र बिल क्लिन्टनले नेपाललाई अमेरिकाले आफ्नै आाखाले हेर्ने नीतिले गर्दा यो क्षेत्र सारै सुखी शान्तिमय थियो ।
अमेरिकी जनता र सरकारले भारतलाई दक्षिण एसियाको महामारी India is a plague country ofsouth asia, सार्कको आफत, sorrow of SAARC, उग्रवादको स्रोत Source country of Terrorism नेपालको संक्रमक हत्यारा Virus killer of Nepal भनेर राम्रोसाग चिनेका थिए । तसर्थ अमेरिकाले भारतलाई नियन्त्रण र सन्तुलन Control and Balance मा राखेर काम चलाएको थियो ।
तर अफसोस राष्ट्रपति बुश र विदेशमन्त्री कण्डोलिजा राइसले अकस्मात रेगन क्लिन्टननीति परिवर्तनगरी भारतलाई बोक्ने, चीनलाई रोक्ने, नेपाललाई न्याक्ने,पाकिस्तानलाई फा्याायाक्ने नीति अपनाएबाट यस क्षेत्रमा अमेरिकी उपस्थिति अस्थिर तथा जोखिमपूर्ण हुनपुगेको छ । वर्तमान राष्ट्रपति बाराक ओवामा र विदेशमन्त्री हिलारी क्लिन्टनको आगमनले नेपाल लगायत यस क्षेत्रमा ठूलो स्वागत पाएको छ र सबैतिर आडभरोसा पनि बढाएको छ ।
उहा दुवैले पुन: चीन, भारत, नेपाल, पाकिस्तानसमेतमा रेगन क्लिन्टनकै सिध्दान्तमा पर्किनै पर्दछ । अन्यथा बुशको चीन नेपाल पाखा, भारतीय बिस्तारवाद काखाको नीतिले अमेरिकाका लागि भारत ढोडको तोक्मा Support of corn stalk भएर ढल्ने छ । अरु पााच सात वर्षपछि अमेरिकाको आर्थिक दिवालिया पल्टिने छ र दक्षिण एसियाबाट बोरियाबिस्तर बाधेर भाग्नु पर्नेछ । अन्तमा चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत सबै मित्र राष्ट्रहरुले मिलेर भारतलाई नेपालको मुद्दायी राज्य ष्तिष्नबलत कतबतभ घोषणा गरेर न्यायिक जााचपड्तालको पहलकमदमी तत्कालै सुरु गरिदिनु पर्दछ ।
भारतको बिगबिगीले स्वराज खतरामा
हाम्रो प्रथम तथा प्रमुख समस्या भनेको भारत सरकार, नव–मधेसे र माओवादी समस्या हो । मधेश र माओवादी समस्या भनेको क्या हो ?, यो कहााबाट कसरी परिचालित छ ?, उसको हैसियत के हो ?
अर्थात राज्यको स्थापित सार्वभौमसत्ता सम्पन्न संस्थासाग छुट्टै सम्झौता गर्नसक्ने उसको पृष्ठभूमि, क्राइटेरिया हकदैया के छ ? माओवादीका अग्रगामी निकास अर्थात अन्तरिम सरकार, गोलमेच सम्मेलन, संविधानसभा आदि कुराहरु ब्रिटिश इण्डिया स्वतन्त्रताका समयमा भारतमा प्रासंगिक थियो, त्यो सम्बन्धित सबैलाई थाहै छ । भारतको स्वतन्त्रताका लागि रगत बगाउने प्रत्येक नेपालीले पनि यो यथार्थ बुझेकै छन् ।
तर, आज नेपालमा त्यसको प्रसङ्ग कसरी उठयो ? भारतले बिगतका आफ्ना प्रसङ्गहरुलाई नेपालमा प्रयोग गर्नु र नेपाललाई प्रयोगशाला बनाउनेको तात्पर्य अथवा गुह्य के हो ? इत्यादि अनेक जिज्ञासाहरु छन् । जसको जति मिमांसा गर्न थाले पनि त्यसबाट निस्कने चिज भनेको भारतीय हस्तक्षेप र ग्य्राण्ड डिजाइनमा नेपाललाई पार्नु नै हो । उपरोक्त विषयमा अग्रप्राथमिकताका साथ वर्तमान सरकारले राष्ट्रलाई संवोधन गर्नुपर्यो ।
जसका लागि अहिलेसम्म यो सरकारले आफ्नो कर्तव्य सम्झेकै छैन । आजको मधेस र माओवादी समस्या भनेको कुनै देश, व्यक्ति, शक्ति वा समुदाय बीचको दुईपक्षीय गुपचुप र लेनदेनको विषय नभएर यो एउटा ज्वलन्त नेपाली राष्ट्रिय सरोकार वा आम नेपाली जनताको सरोकारको विषय बनिसकेको छ ।
हजारौं निर्दोष निरिह नेपालीको रगत बगिसकेको छ । लाखौं नेपालीहरु आफ्नो कमाई खाने थलो खेतीपातीबाट विस्थापित भैसकेका छन् । स्थायी शान्ति पनि भङ्ग हुादैछ । घरघरमा भयको राज कायमै छ । समाधान तुरुन्त चाहिन्छ । समाधान दिन सात दल असफल भए ।
यी सात दलीय संसदवादी, जनक्रान्तिकारी भनौदा दलहरु पनि कसका खेताला हुन् ? स्वाधीनता गुमाएर राजनीतिक मैदानमा त्यसै रल्लिरहेका छन् यिनीहरु । विगत बाह्र वर्षका यिनका उपलब्धिहरु के के हुन र आगामी संघर्षको लक्ष के हो ? त्यो समेत सम्पूर्ण कैफियत तलब गरी स्वयम्ले पनि लेखाजोखा मूल्यांकन गरी, २०४७ साल अगाडिको यिनको आर्थिक हैसियत, खानपिनको मूल्यांकन गरी हालको मूल्यांकन तथा आन्दोलनका लागि अर्बौ रुपैयााको खर्च कहााबाट आईरहेको छ, मधेश आन्दोलनका पछाडि को छ ?
मधेश किन अलग्गिन खोज्दैछ ? सो समेत समावेश गरी वर्तमान सरकारले तुरुन्तै राष्ट्रलाई संवोधन वा जनतालाई सुसूचित गरोस् । राष्ट्रिय सवाल र समस्या जनताको सरोकारको विषय हो । अपवादलाई छाडेर यो सरकारले मूल्यांकन गर्दा सही र देशभक्तिलाई केन्द्रविन्दु मानेर हिंडी दिए यो सरकार अनुभवी, व्यवहारिक, देशकाल परिस्थितिलाई बुझ्न सक्ने र मुलुकी बन्दोवस्त मिलाउन सक्ने हदमा मूल्यांकन गर्न सकिन्थ्यो । तर अर्काको खेताला भैदियो र बर्बाद हुादैगयो ।
सात दलको असफलता र भारतभक्तिका कारण जनतामा संचेतना आउनु र नेपालका राजाको गिरेको प्रतिष्ठा बढ्नु, नेपाल राष्ट्र र नेपाली जनताको जागरण आदि विषय नेपालको शान्तिक्षेत्रको विरोधी, नेपालका दलाल राजनीतिज्ञ तथा राष्ट्रघात र भ्रष्टाचारको प्रवल समर्थक यस विश्व भूगोलको एकमात्र एक्लो राज्य भारतलाई खपिनसक्नु असैह्य औडाहा भएर ‘मियााका जुत्ती मियााका शर’ वाला नीति अवलम्बन गरी संचालन गरिरहेको छ र अनपेक्षित सफलता हासिल गरीरहेको छ ।
माओवादी र मधेसमा भारतको ठूलै प्रभाव बढेको अनुभव सबैले गरिरहेकै छन् । भारतले आफ्ना समग्र गिरोह वा दलालहरुको समुचित परिचालनद्वारा हाल नेपाललाई धम्कीमा पारिसकेको छ । कथित मधेस आन्दोलन पनि परिचालन गरीरहेको छ । उग्रवादीहरुको आश्रय थलो पनि नेपाललाई नै बनाईदिइसक्यो । नेपालका नम्बर १ हितचिन्तक चीन, बेलायत, अमेरिका आदि राष्ट्रहरु जो भारतका नम्बर १ दुश्मन पनि थिए, तिनलाई भारतको तर्फबाट गाली गर्ने मुख पनि नेपालीनै, गाली गर्ने थलो पनि नेपाललाई नैं बनाइदिइसक्यो ।
भूटानी शरणार्थी अन्बर्नेदेखि देश विक्री गर्नेसम्मका हर्कतमा नेपालीलाई नै प्रयोग गर्न सफल, भारत धन्य छ तेरो चलखेल र धनखेल । अत: देशद्रोही, भ्रष्टाचारी गद्दारलाई नेपाली जनताले फाासीको सजाय दिन सकेनन् भने नेपालको गरिमा र महिमा मटियामेट हुादै जानेछ ।
आजका समस्याहरु नेपाल र भारत बीचका दुईपक्षीय क्रनिक र नेपालको जीवनमरण सम्बन्धि मात्र प्रमुख छन् । दुई पक्षीय मुद्दामा प्रमुख फिजीकरण, भूटानीकरण, सिक्कीमीकरण, असमान सन्धिहरु, सीमाना र सम्पूर्ण जलश्रोतको अपहरण आदि प्रमुख छन् । अव नेपालमा चेकपोष्ट राख्न पनि भारत अग्रसर भैसकेको छ ।
यी विषयहरुलाई अन्यत्रै मोडेर राजा र संविधानसभाको चुनावतिर मोडेर र सामन्त र समानुपातिक अधिकारबीचको झगडाको रुपमा उछालेर टाउको दुखेको दबाई नेपालीहरु मार्फत नै नाइटामा मालिस गराउादैछ र विश्व समुदायमा भ्रान्ति फैलाउादैछ । नेपाली कुटनीतिक र राजनीतिक क्षमता यस मानेमा अक्षम ठहरियो । जनताद्वारा दमदार प्रतिकार गर्ने, भण्डाफोर गर्ने, विजयी बन्ने काममा नेताहरुको अग्रसरता पटक्कै भएन ।
भारतीय गिरोहले सधैभरि नेपाल र नेपालीलाई मिचेको मिच्यै, थिचेको थिच्यै लग्यो, कहिले पनि माथि उठ्नै दिएन । अझै पनि सबै सरोकारवाला देशभक्त जिम्मेवार शक्ति समूहले सिखण्डीका भर नपरी आपसी सरसल्लाह, रणनीति, कार्यक्रम तय गरेर अगाडि बढे आफ्नो देशको प्रतिरक्षा किन गर्न सकिदैन थियो होला र ? भारतीय संत्रासमा डुबेर मुकदर्शक भै बसे त नामर्दको सम्पत्ति मर्दले लुटेर खाईदिहाल्छ नि । कहिल्यै पराधीन नभएका नेपाली भारतको दास बन्न जानेछन् । चेतना भया ।
दासबाट बच्ने हो भने नेपालीले आफ्नो समस्या आफै समाधान गर्न र आफ्नो स्वराज्यको रक्षा गर्न खातिर जागरुक हुनैपर्छ । अरुलाई गोठालो राख्ने हो भने नेपालको धनी उही भईदिनेछ । जनता बलियो नभै राष्ट्र बलियो हुादैन र दलालहरुको यसैगरी बिगबिगी चलिरहन्छ । दलालहरुको बिगबिगी जनतालेमात्र रोक्न सक्छन् । जनता उठ्नुपर्यो ।
पानीमा एकाधिकार कि नेपालमा सर्वाधिकार ?
केभी राजनको कार्यकालको अन्तिम हप्तामा उनकै रिपोर्टअनुसार दिल्लीले आइएसआईको एजेन्ट भनेर डामिएका सुशील कोइराला त्यही आरोपका कारण चुनावी प्रधानमन्त्री बन्न सकेनन् र प्रचण्डले एमाओवादी अधिवेशनबाट खिलराज रेग्मीको नाम पास गराएर प्रधानमन्त्री बनाए ।
चुनावपछि जनबलका आधारमा सुशील कोइराला प्रधानमन्त्री बनेका थिए, भारतमा नरेन्द्र मोदी । दुबैवीच म्यानमारमा हात मिल्यो, पशुपति पूजा, जानकी मन्दिर दर्शन र नेपाली माटोको हिन्दू महिमाको सुगन्ध सुघ्न नेपाल भ्रमणमा आउन लागेका नरेन्द्र मोदीसँग मन मिल्छ कि मिल्दैन ? धेरैको चासोको विषय बनेको थियो ।
इतिहासमा मातृकाले गण्डकी, वीपीले कोसी र गिरिजाले महाकाली सन्धि गरेर कोइराला परिवार ‘भारतवादी प्रजातन्त्रवादी’ हो भन्ने कलंक लगाएका छन् । के सुशील कोइरालाले सम्पूर्ण जलस्रोतलाई ‘भारतलेमात्र लगानी गर्न सक्ने, भारतको अनुमति बिना कसैले पनि लगानी वा विद्युत खरिद गर्न नसक्ने’ भारतको मौजा बनाउन राजी भएर कोइराला भनेकै भारतवादी रहेछन् भन्ने प्रमाणित गर्लान् कि नेपालको हक र हितमा सुशील कोइराला उभिएलान् ?
क्यान्सरको मुखबाट बाँचेर आजै फर्कने सुशील कोइराला राजनीतिक कसीमा घोटिने भएका छन् । यद्यपि अमेरिकामा उपचार गराइरहेकै बेलामा उनका सहयोगीले ब्रिफ गरिसकेका छन्– मोदी आउने बेलामा दिल्लीका नोकरशाहले नेपाललाई भुटान बनाउन खोजेको छ । यो थाहा पाउने वित्तिकै सुशीलको प्रतिक्रिया सार्वजनिक भएको थियो– ‘नेपाल–भारत उर्जा सहयोगसम्बन्धी सहमतिको प्रस्ताव कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न ।’
के सुशील आज नेपाल फर्केपछि हुने भारतीय प्रस्तावको विशेष छलफलमा यही अडानमा अड्लान् ? अडे भने भारतीय विदेश सचिव सुष्मा स्वराजको नेपाल भ्रमण नेपालको संस्कार, संष्कृति बुझ्ने विषयमा सिमित हुनेछ । हालत हरुवा योद्धाको हुनेछ ।
भारतीय दूतावास भन्छ
नेपालको सार्वभौमसत्ता र विद्युत विकासको सम्भावनालाई संकुचन गर्ने भारतीय मनसाय छैन । सो प्रस्ताव प्रारम्भिक भएकाले त्यसलाई नेपालले अस्वीकार गर्न सक्छ ।
यदि भारतको कालो मनसाय थिएन भने त्यो प्रस्ताव किन पारदर्शी भएर आएन ? भारतले लुकायो, एमाले मन्त्रीहरुले लुकाए ? यो खतरनाक पक्ष हो । यो प्रस्ताव नेपालले स्वीकार गरेमा नेपालले चीन लगायतका कुनै पनि
तेस्रो मुलुकसँग उर्जा मामिलामा सहयोग माँग्ने ढोका बन्द हुनेछ ।
जलस्रोतविदहरु भन्छन् : यो प्रस्ताव टनकपुर सम्झौताभन्दा डरलाग्दो नेपालघाती छ । चीनको नेपालमा बढ्दो प्रभावलाई कम गर्न खातिर भारत यसरी आक्रामक रुपमा आएको हो । यो बिबादले भारतमा बनेको मोदी सरकार नेपालमैत्री छैन, छिमेकीसँग सुमधुर सम्बन्ध राख्न तैयार छैन भन्ने सन्देश दिएको छ । भारतमा जुनसुकै सरकार बने पनि उनीहरु भारतीय हित कदापि छाड्दैनन् भन्ने यो अर्को प्रमाण हो ।
भुटानको चुङ्खा विद्युत योजना विकास गरेको भारतले भुटानका सबै नदीहरुमात्र होइन, भुटानको गृह र परराष्ट्र मामिलामा समेत कब्जा गरेो छ । ठिक त्यही डिजाइनमा विद्युत विकासको आवरणमा नेपालमाथि कब्जा गर्न भारत अग्रसर भएको छ । बाबुरामका पालामा विप्पा सम्झौता गरेको भारतले नेपालमा एकपैसा लगानी बढाएको छैन । त्यसपछि त्रिभुवन विमान स्थल र अन्य ८ विमानस्थलमा भारतीय सुरक्षा राख्न असफल भएको भारतले चीनलगायतका विश्वका कुनै पनि मुलुकले भारतको स्वीकृतिविना नेपालको विद्युतमा लगानी गर्न नपाउन् भनेर विद्युत उत्पादन र विक्रीवितरण सम्बन्धी नयाँ सन्धि गर्ने प्रस्ताव अघि सारेको छ ।
नेपालमा विश्वजगतलाई निषेध गरेर एकाधिपत्य जमाउन खोजेको भारतीय प्रस्तावले नेपाली जनमानस भारत विरुद्ध सडकमा उत्रने खतरा देखेर भारतीय दूतावासले सधैें कूटनीतिक चलाखीपूर्ण बचाउ गरेको छ । बाँकी नेपालको राजनीति र भारत सरकार पुस्तक पढौं ।