सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सामलिङ पावरको आइपीओ बाँडफाँट आज

सामलिङ पावरको आइपीओ बाँडफाँट आज

5090
Shares
सामलिङ पावरको आइपीओ बाँडफाँट आज

काठमाडौं : सामलिङ पावर कम्पनीको आइपीओ आज बिहान बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गरिनेछ। यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ। यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो।

जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३१.६७ गुणा बढी हो। यद्यपि, अन्तिम तथ्यांक भने फरक पर्नसक्छ। सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो।

5090
Shares

ट्रेन्डिङ